वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन, श्रदान्जली पशुपतीमा हुँदै

Written by Artist Sansar

गम्भीर बिरामी भएपछि चाबहिल स्थित ओम हस्पिटल भर्ना गरिएक राजभण्डारीको उपचारका क्रममा नै निधन भएको हो ..[+]

2013-09-09 | काठमाडौं, २५ भदौ आर्टिस्ट नेपाल ।

वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । गम्भीर बिरामी भएपछि उपचारका लागि चाबहिल स्थित ओम हस्पिटल भर्ना गरिएक राजभण्डारीको उपचारका क्रममा नै निधन भएको हो । उनको फोक्सोमा क्यान्सर देखिएको थियो । गएराती करिब १ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

उहाँको पार्थिक शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि पशुपतिको क्रियापुत्री घर नजिकको खुल्ला चौरमा बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म राख्ने निर्णय भएको जानकारीमा आएको छ ।

छिन्नलता गीत पुरस्कार, नातिकाजी सम्मान, स्वरसम्राट सम्मान, इमेज लाइफटाइम एचिभमेन्ट अवार्ड, राष्ट्रिय पुरस्कार, साधना सम्मान, सुगन्ध सम्मान, कान्तिपुर एफएमद्वारा लाइफटाइम अवार्डलगायत विभिन्न सम्मान पाएका फत्तेमान वि.सं. १९९३ मंसिर १३ मा जन्मिएका हुन् ।

फत्तेमानले चार सयभन्दा बढी कालजयी नेपाली गीत र भजनहरुमा स्वर र संगीत दिएका छन् ।

आर्टिस्ट नेपाल नेटवर्क परिवार यस शोकको घडीमा नेपाली संगीतमा र परिवारमा पर्न गएको दु:खमा भगवानले फत्तेमान राजभण्डारी ज्युको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछ ।

About the author

Artist Sansar