वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन

बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको आज बिहान ५ः३० बजे असामायिक निधन भएको छ ..[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

आर्टिस्ट नेपाल

बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको आज बिहान ५ः३० बजे असामायिक निधन भएको छ । बिगत १० महिनादेखि दुवै मृगौला फेल भएपछि थलिएका उनको केही दिन यता बल्खुस्थित बायोधा अस्पातालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । शनिबार विहान १० बजेतिर उनको अवस्था अत्यन्त नाजुक रहेको भनिए पनि पछि पून अवस्था नर्मल भएको थियो । उनको पार्थिव शरिरलाई गृहजिल्ला चितवन ल्याउने तयारी भइरहेको बताइएको छ ।

निर्देशक शिब रेग्मीको चलचित्र “पराई ” , “मनले मनलाई छुन्छ ” नामक दुई चलचित्रहरु प्रदर्शनअको क्रममा रहेको छ । “पराइ” आगामी पौष २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । “मनले मनलाइ छुन्छ” को भने प्रदर्शन मिति तय गरिएको छैन । चलचित्र “प्रेम पूजा” बाट चलचित्रको लेखन कार्य शुरु गरेका रेग्मीले चलचित्र “आफन्त” पहिलो पल्ट निर्देशन गरेका थिए । रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला, सु:ख दु:ख जस्ता राम्रा चलचित्रको निर्देशन गरेका थिए ।

रेग्मीका श्रीमती र दुई छोरी स्टाफ नर्स तथा एक छोरा अभिषेक भने बंगलादेशमा एमबीबीएस अध्ययन गर्दैछन्।

आर्टिस्ट नेपाल नेटवर्क (आर्टिस्टनेपाल डटकम)को तर्फबाट हार्दिक श्रदान्जली !!!!