गायक उर्गेनलाई यार्सागुम्बा टिप्न भन्दा माया पाउन गाह्रो (भिडियो सहित)

Written by Artist Sansar

गायक उर्गेन डी.लामाले आफ्नो पछिल्लो एल्बम “यार्सागुम्बा” सार्वजानिक गरेका छन् …[+]

आर्टिस्टनेपाल
यार्सागुम्बा टिप्न जति दुख: गर्नुपर्छ त्यो भन्दा दुख मायाँ पाउनलाई गाह्रोहुने भन्दै गायक उर्गेन डी.लामाले आफ्नो पछिल्लो एल्बम “यार्सागुम्बा” सार्वजानिक गरेका छन् । बिगत १५ बर्षदेखि संगीतमा लागीपरेका उनको पछिल्लो एल्बम यार्सागुम्बामा समावेश यार्सा र गुम्बा टिप्नलाई मैच्याँङ् बरु सजिलो होला तिम्रो माया पाउनलाई के बिना गाह्रो अत्तिनै सारो पर्यो बोलको गीतको म्युजिक भिडियो यतिबेला चर्चाको शिखरमा रहेको छ ।
दोलखा जिल्लाको खरीढुंगामा छायाँकन गरिएको यस म्युजिक भिडियोमा अहिलेको चर्चित नायिका आशिस्मा नकर्मी र आकाश मगरले अभिनय गरेका छन् । यस म्युजिक भिडियोलाई राजिब गुरुङले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् ।

यस म्युजिक भिडियोमा नायिका आशिस्मा र आकाशको अभिनय उत्कृष्ट रहेको छ भने गायक उर्गेन डी.लामाको पनि प्रस्तुति उत्तिकै दमदार रहेको छ । उनको “यार्सागुम्बा” एल्बमलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

About the author

Artist Sansar