“जति माया लाए पनि..”गीतका लेखक बिनोद गौचनको निधन

Written by Artist Sansar

“जति माया लाए पनि..”गीतका लेखक बिनोद गौचनको निधन भएको छ ….[+]

आर्टिस्ट नेपाल ।

“जति माया लाए पनि..”गीतका लेखक बिनोद गौचनको निधन भएको छ । छाति र पिशाबसम्बन्धी समस्याका कारण उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा निधन भएको हो । पाँच दिनदेखि पोखराको गण्डकी अस्पतालमा भर्ना भई उपचार गराइरहेका ५८ वर्षीय गौचनको आज बिहान निधन भएको हो । पोखरको शिवालय चोकमा बस्दै आएका उनी दुई महिनादेखि थलिएका थिए । लोकप्रिय गायक अरुण थापादेखि लोकप्रिय साङितिक समूह ‘कन्दरा’सम्मले चर्चित गीतका लेखक गौचन थिए । कास्कीको लुमलेलाई ‘कविता गाउँ’ घोषणा गरेका उनको दुई काव्य कृति ‘ढुङगे साँघुको मेलामा’ २०५५ मा र ‘पोखरामा फूल फुल्दैन’ प्रकाशित छ ।

उहाँका जति माया लाए पनि, , कस्तो ठाउँमा फूल्यौं तिमी, , तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले जस्ता दर्जनौ गीत लोकप्रिय छन् ।

About the author

Artist Sansar