‘पल पलको चाहना तिमि’ को म्युजिक भिडियो सार्बजनिक

Written by Artist Sansar

मोडल रंजित पौडेल द्वारा अभिनित भिडियो ” पल पलको चाहना तिमि “ म्युजिक भिडियो सार्बजनिक भएको छ।

मोडल रंजित पौडेल द्वारा अभिनित भिडियो ” पल पलको चाहना तिमि “ म्युजिक भिडियो सार्बजनिक भएको छ। झन्डै ३ दर्जन हाराहारी गीतहरुमा अभिनय गरिसकेका मोडल तथा संचारकर्मी रंजित पौडेल हाल काष्ठमण्डप टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन संचारकर्मै संगै म्यूजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।

हालै मात्र रंजित पौडेलले सरोज साम्सोहाङ्ग राईको स्वोर, योगेश बानु राईको शब्द अनुराग श्रेष्ठको संगीत कुमार थापाको एरेन्जमा रहेको गीत ” पल पलको चाहना तिमि ” गीतको म्युजिक भिडोयोमा उत्कृष्ट अभिनयका साथ देखा परेका छन् ।

समुधुर आवाजमा सजियको गीतको भिडीयोमा र रबिना लामा शाहको निकै राम्रो अभीनय रहेको छ भने भिडियो लाई डेबिल राजपुत ले निर्देशन गरेका हुन् भने अमृत सुनुवारले छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासे ले सम्पादन गरेका छन् ।

भिडियो:

About the author

Artist Sansar