modeling workshop in nepal

रमेश अन्जानको “ब्रेकफेल” बोलको गीत सार्वजनिक

basic photography workshop

रमेश अन्जान कडरियाको पहिलो एल्बम “स्‍मृति किरण” मा रहेको “ब्रेकफेल” बोलको गीत सार्वजनिक भएको छ । लम्जुङे श्रस्टाद्वय गीतकार किरण बराल र संगीतकार रमेश कडरिया तथा संगीत अहिलेको चर्चित संगीतकार आशिस अबिरलको रहेको छ ।

झापाका नव गायकले आफ्नो गायन कलासँगै मोडलिङमा देखाएका छन । भिडियोलाई कोरियोग्राफी एभरेष्ट गाइज र मोड्लिङमा रमेश अन्जानलाई डिम्पलले साथ दिएकी छिन् । अर्जुन सापकोटाको क्यामरा र अर्जुन पोखरेलको सम्पादन तथा सुन्दर लावतीको निर्देशनमा रहेको भिडियो भारतको मिरिक र झापाका बिभिन्न स्थानमा छायाँकन गरिएको हो ।

यस गीतलाई कडरिया इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको हो ।

artistnepal-tv-ads