भिडियो रिलिज: कवि राजन मुकारुङको ज्यानै हाजिर भो (म्युजिक भिडियो)

सर्वाधिक लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मैलिक रैथाने संस्कृतिमा आधारित रहेको सो गीतमा ब्रबिम सेर्मा र सीता सिंगकको कर्णप्रिय स्वर रहेको छ। गीत लेखनमा रमाउने राजन मुकारुङ यो गीतमा भने स्वयंले नै संगीतमा भरेका हुन् । यो गीतबाट उनि संगीतकारको रुपमा समेत उदाएका छन् ।

पदम राजन मगरको संगीत संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन् । भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।
गीतमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ ।

About the author

Artist Sansar