भिडियो रिलिज : गायक इन्द्र आर पीको तिमी मेरो (भिडियो सहित)

Written by Artist Sansar

गायक इन्द्र आर.पी.को तिमी मेरो बोलको सेलो पप गीत सार्बजनिक भएको छ । गायक आर पी को आफ्नै शब्द, संगीत तथा स्वरमा सजिएको गीत तिमी मेरो गायक आर पी को आफ्नै युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको हो ।

गीतको एरेञ्ज तथा मिक्सिङ् राहुल प्रधानले गर्नुभएको छ । प्रेम प्रसँगलाई प्राथमिकताका साथ चित्रण गरिएको गीतको भिडियोमा राजु ग्याबक र आरोहीले अभिनय गर्नुभएको छ ।

आयुष के सीले निर्देशन गरेको गीतको भिडियोको छायाकंन मिलन शंकरले गर्नुभएको छ ।

यसअघि पनि थुप्रै चर्चित गीतहरु दर्शक श्रोताको माझमा पस्किसकेका गायक तथा संगीतका इन्द्र आर पीले यस गीतलाई पनि सबैले रुचाईदिने विश्वास व्यक्त गरेका छन् ।

-भिडियो-

About the author

Artist Sansar