भर्जिनियामा अभिनेता सरोज खनालद्वारा निर्देशित लघु चलचित्र ‘छाउ पीडा’प्रदर्शन

Written by Artist Sansar

अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ ।

चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि नवराज पराजुलीको कविताबाट उत्प्रेरित भै चलचित्र बनाएको कलाकार खनालले बताए ।

कोरोना महामारीको कारण केही सीमित व्यक्ति र परिवारहरु चलचित्र हेर्न आमन्त्रित गरिएको थियो । चलचित्र हेर्ने आउने सबैको तापक्रम लिइएको थियो भने भर्जिनियाको गभर्नरले दिएको मार्गदर्शन अन्तर्गत दूरी कायम तथा मास्क (मुखावरण)लगाएर आएका थिए ।

चलचित्र प्रदर्शन अघि अभिनेता खनाल तथा चलचित्र निर्माण गर्ने केसी डान्स सेन्टरका संस्थापक नविन केसी तथा लुना श्रेष्ठले बोलेका थिए । एक महिनाको लागि परिवार भेट्न अमेरिका आएका कलाकार ५ महिना बस्नु परेको अवस्थामा खनालले नेपाल उड्नु अघि अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई ‘छाउ पीडा’मा अभिनय गराउन सफल भएका छन् ।

केसी डान्स सेन्टरको ब्यानर(निर्माण)मा निर्माण भएको पहिलो लघु चलचित्र छाउ पीडा हो भने सेन्टरले नृत्य सिकाउने काम गर्छ । अभिनेता खनालले बोल्ने क्रममा आफूले केही गर्न पाइन् भने छटपट हुने बताए । एक गीत गर्ने सोच बनाएको थिए तर त्यो हुन् नसके पछि यसमा हात हालेको जनाए ।

चलचित्र बनाउनु चुनौती थियो किनभने कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुलाई अभिनय गराउनु थियो उनले भने । चलचित्रमा केही भाषा त्रुटि हुन् सक्छ उनले भने ।

आफू निर्देशक भन्दा कलाकार नै भन्न रुचाउने बताए । निर्देशक भै चलचित्र बन्यो तर यस पदलाई जोगाउन गाह्रो हुन्छ भने । खनालले चलचित्रमा बालिकाहरुले गरेको अभिनय देख्दा जति पटक हेर्छु त्यति पटक रुन्छु भने ।

सुरु हुनु अगाडी नै बालिकाहरुको अभिनय नयाँ कलाकार जस्तो नलाग्ने भन्दै सबैको प्रशंसा गरे । अभिनय गर्ने सबैलाई एक दिने अभिनय सम्बन्धि ओरिएनटेसन (अभिमुखीकरण )दिइएको अभिनेता खनालले बताए ।

चलचित्र प्रदर्शन पछि अभिनय गर्ने सबै कलाकारहरुले खनालले मौका दिएकोमा आभार व्यक्त गरे । सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशक द्वय नविन केसी तथा लुना श्रेष्ठ हुन भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।

उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठले अभिनय गरेका छन् ।

यो चलचित्र केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ । कार्यकम प्रस्तोताको भूमिका परशु तिमिल्सिनाले गरेका थिए ।

About the author

Artist Sansar