डिभोर्स भएको रहस्य खोलिन् प्रियंका कार्कीले

Written by Artist Sansar

रोचक मैनालीसँगको मागी विहेलाई आफूले डिभोर्समा परिणत गरेको एक वर्ष भएको खुलासा गरेकी हुन् …[+]

र्टिस्टनेपाल डटकम संवाददाता

नायिका प्रियंका कार्कीको उमेरले आजदेखि २६ औँ बसन्तमा टेकेको छ । यसै अवसरमा उनले एक रहस्य खोलेकी छिन् ।

रोचक मैनालीसँगको मागी विहेलाई आफूले डिभोर्समा परिणत गरेको एक वर्ष भएको खुलासा गरेकी हुन् । प्रियंकाले डिभोर्स गरेको हल्ला बाहिर आएपनि आज नै उनले यसलाई स्वीकारेकी हुन् ।

फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’ र ‘थ्री लभर्स’ सकिए लगत्तै डिभोर्स गरेको प्रियंकाले बताएकी छिन् । डिभोर्स के कारणले गर्दा भयो भन्ने बारेमा प्रियंकाले खुलाउन चाहिनन् । हाल अमेरिकामा बस्दै आएका रोचक मैनालीसँग प्रेम पश्चात उनले मागी विहे गरेकी थिइन् ।

अमेरिकामा फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचकसँग प्रियंकाको भेट भएको थियो र उनीहरुले सन् २०१० जुलाई १७ मा विहे गरेका थिए ।

सम्बन्ध विग्रिएर नेपाल आएपछि भने प्रियंका अभिनयमा निकै व्यस्त छिन् ।

About the author

Artist Sansar