एल्बमको तयारी गर्दै प्रबिशा

Written by Artist Sansar

नेपाली सिनेमाकी पार्श्व गायिकाको रुपमा स्थापित गायिका प्रबिशा अधिकारी आफ्नो पहिलो एल्बमको तयारीमा जुटेकी छिन्..[+]

आर्टिस्ट नेपाल ।

नेपाली सिनेमाकी पार्श्व गायिकाको रुपमा स्थापित गायिका प्रबिशा अधिकारी आफ्नो पहिलो एल्बमको तयारीमा जुटेकी छिन् । उनको आउन लागेको एल्बममा ख्यातिप्राप्त गीतकार एबन संगीतकारहरुको श्रीजना समाबेश रहने छ ।

दुई सय भन्दा बढि गीत गाईसकेकी सुमधुर स्वरकी धनि प्रविशाका प्राय: गीताहरु चर्चित छन् । उनले एक सय भन्दा बढि चलचित्रका गीतमा र बिभिन्न कालेक्सन एल्बमहरुमा स्वर दिईसकेकी छिन् ।

चलचित्र “विदाई”बाट गायन यात्रा सुरु गरेकी प्रबिशा सो चलचित्र भन्दा पहिला रिलिज भएको अर्को चलचित्र “कसलाई दिउँ यो जोबन” को “तिमी जहाँ छौ…” बोलको गीतबाट लोकप्रिय बनेकी हुन् । हाल अध्ययन संगै गायनलाई अगाडि बढाईरहेकी प्रबिशा अधिकारी अहिले अशंख्य दर्शक-श्रोताकी प्रिय गायिका बनेकी छिन् ।

About the author

Artist Sansar