फेशन र भिडियो मोडलिङमा छाउदै निशा ( फोटो फिचर)

Written by Artist Sansar

सानैदेखि मोडलिङ रुचाउने अनि त्यस्तै पोज दिन चाहने निशा श्रेष्ठ अहिले मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । खालीको समयमा एक बिद्यालयमा अध्यापन गराउने गरेकी उनले अब मोडलिङमा निरन्तरता दिने सोच बनाएको बताउछिन ।

५ फिट ५ इच अग्ली निशा सुन्दर बनावट र सुन्दर मुहारकी धनी हुन । फेशन शो मार्फत मोडलिङमा प्रबेश गरेकी उनले हाल केही म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

तनहुँ सिपाबगैचा स्थाई घर भए पनि काठमाडौं मै जन्म लिएकी निशालाई सुरुमै एक्स्पोज भएको मन पर्दैन । उनी भन्छिन सुरुमा आफ्नो क्षमता प्रस्तुत गर्ने हो । जब मेरो काम रुचाउन थाल्छन , त्यस्पछी बिस्तारै ग्ल्यामर गर्दा पनि दर्शकले पचाउछन् । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोजमा फोटोसुट गरेकी निशाको प्रस्तुत फोटो फोटोग्राफर कुबेर तामाङ्गले खिचेका हुन भने मेकअप सरिता थापा मगर तथा गौरी रुम्बा श्रेष्ठले गरेका हुन ।

About the author

Artist Sansar