मिसेस हिमालयन नेपाल २०१९ मा यस्ता छन् प्रतियोगी (फोटो फिचर)

Written by Artist Sansar

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको मिसेस हिमालयन नेपाल २०१९ का प्रतियोगीको फोटोसेसन सम्पन्न भएको छ । कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोग्राफर नव ढुंगेलले प्रतियोगीहरुको फोटो सेसन गरेका थिए । प्रतियोगितामा कबिता लामा, रेखा बलामी, चादनी गुरुङ, गंगा शर्मा, भुमिसरा पाण्डे, गंगा खड्का छेत्री, हिरा लामा, मिजिला महर्जन, कबिता थापा डङ्गोल, बिमला पैजा र पवित्र छन्त्याल रहेका छन ।

प्रतियोगिताको ट्यालेन्ट शो आगामी पौष १५ गते सम्पन्न हुने छ भने फाईनल आगामी पौष १९ गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ। यस् प्रतियोगिता हाल कमलादी स्थित आर्टिस्ट नेपाल स्टुडियोमा ट्रेनिङ सेसनमा रहेको संस्थाका अध्यक्ष कमल खतिवडाले बताए । प्रतिस्पर्धीहरूलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफमा ट्रेनिङ हुँदैरहेको उनले बताए।

बिगत ६ बर्ष देखी संचालन हुँदै आएको यस् प्रतियोगिता विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको हो । प्रतियोगिताका बिजेताले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर तथा अन्तरराष्ट्रिय प्रतिस्प्रधामा सहभागी हुन समेत अबसर प्राप्त गर्नेछन ।

About the author

Artist Sansar