पहिलो मिस नोबेल नेपाल २०१९ को ताज प्रिया मल्ललाई

Written by Artist Sansar

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नोबेल नेपाल २०१९’ उपाधी प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपाधी सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन। राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन, उनले उपाधी सहित मस्ट मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधी सहित बेस्ट पर्सानालिटी उपाधी पनि प्रात गरिन।

अन्य प्रतिस्प्रधीहरुले बिभिन्न विधामा सबटाईटल प्राप्त गरेका थिए, जसमा बेस्ट ट्यालेन्ट स्‍मृति लुंगेली, बेस्ट स्किन कबिता तामाङ्ग , मस्ट एक्टिभ प्रकृति रंजितकारले प्राप्त गरे।
अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता बिनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल बिजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय रहेका थिए । चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो ।

तस्बिर: कुबेर तमाङ , सगुन शाक्य

About the author

Artist Sansar