स्वरसम्राट नारायणगोपाल स्‍मृति सम्मान योगेश बैधलाई

Written by Artist Sansar

नारायणगोपालको २२ अौँ स्‍मृतिसभाको अबसरमा गायक योगेश बैधलाई स्वरसम्राट स्‍मृति सम्मान प्रदान गरिएको छ

आर्टिस्ट नेपाल । नारायणगोपालको २२ अौँ स्‍मृतिसभाको अबसरमा गायक योगेश बैधलाई स्वरसम्राट स्‍मृति सम्मान प्रदान गरिएको छ । नारायण गोपाल संगीत कोशले आयोजना गरेको कार्यक्रममा नगद २५ हजार सहित् बैधलाई ताम्रपत्र हस्तान्तरण गरिएको हो । कोशको अध्यक्ष डा बानिरा गिरी र पूर्व अध्यक्ष फत्तेमान राजभण्डारीले संयुक्त रुपमा सम्मान हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रेमध्वज प्रधान, किरण खरेल, उषा शेचरणले नारायण गोपालको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा गायक सिशिर योगी, उनका ८ बर्षिय छोरा सम्योग योगी, सुरज श्रेष्ठ, रिता लिम्बु, आभा मुकारुङ, लाक्पा शेर्पा लगायतकाले स्वरसम्राट र योगेश बैध्यमा गीत प्रस्तुत गरेका थिए ।

About the author

Artist Sansar