कलाकारको बहु विवाह पनि असफल

Written by Artist Sansar

पहिलो बिबाह टुटेपछि नेपाली सिनेमाका थुप्रै कलाकारले दोस्रो विवाह गरे । तर उनीहरुको दोस्रो विवाह समेत सफल हुन सकेन

पहिलो बिबाह टुटेपछि नेपाली सिनेमाका थुप्रै कलाकारले दोस्रो विवाह गरे । तर उनीहरुको दोस्रो विवाह समेत सफल हुन सकेन । केही कलाकारको त तेस्रो विवाह पछिको दाम्पत्य सम्बन्ध समेत टुटेको छ ।

बहुविवाह गर्दा समेत दाम्पत्य जीवन सार्थक नभएका अभिनेतामा भुवन केसी र बिशाल बिष्ट पर्छन । यी दुबै कलाकारले तीन पटक विवाह गरे । तर तेस्रो विवाह समेत दुबैको सफल हुन सकेन ।

रमाईलो सँयोग के छ भने यी दुबै अभिनेताले तेस्रो श्रीमतीको रुपमा नायिकालाई नै दुलही बनाएर घरमा भित्राए । तर दुबैका पत्नी तथा नायिकाले यी दुईसँग दाम्पत्य सम्बन्ध विच्छेद गरे ।

आफ्नो पहिलो पत्नी बिजया केसी अलग बस्न थालेपछि भूवन केसीले दोस्रो विवाह गरेका थिए । उनको त्यो दोस्रो विवाह पनि छोटो सयममै टुट्यो । फेरी एक्लो भएका यी अभिनेताले तेस्रो पत्नीको रुपमा सुस्मिता बम्जनलाई सुस्मिता केसीको रुपमा घरमा भित्राए ।

सुस्मिता र भुवनको पुत्रका रुपमा अनमोल केसी उनीहरुको जीवनमा आए । अनमोल १६ वर्ष पुगेपछि यी दुईको दाम्पत्य सम्बन्ध कानूनी रुपमा टुट्यो ।

भुवनसँग दाम्पत्य जिवन टुटेपछि सुस्मिताले पुन आफ्नो थर केसीको सट्टा बम्जन लेख्न थालेकी छिन् । यसरी तेस्रो पत्नीले पनि साथ छाडेपछि भुवनले फेरी विवाह गर्न सकेका छैनन् । भुवन र सुस्मिता दुबै अहिले आ–आफ्नो फिल्म निर्माणको तयारीमा छन् ।

अर्का अभिनेता विशाल बिष्टको अबस्था पनि यस्तै भयो । पहिलो पत्नीले सम्बन्ध विच्छेद गरेपछि उनले दोस्रो पत्नी भित्राए । दोस्रो पत्नीले पनि उनलाई छाडेर आफ्नी छोरीसँग माईत बस्न थालिन् । जसका कारण बिशाल एक्लै भए । यसपछि उनले तेस्रो पत्नीको रुपमा नायिका बर्षा राउतलाई घरमा भित्राएका थिए ।

बिशाल र वर्षाको दाम्पत्य जीवन पनि ५ वर्ष भन्दा बढी टिक्न सकेन । त्यसैले गत वर्ष यी दुईले डिभोर्स गरे । यी दुईको एक छोरा छन् । जो अहिले वर्षासँगै बस्छन् । दाम्पत्य जीवन पछि वर्षा पुन सिनेमामा स्थापित हुने तयारीमा छिन् । बिशाल भने भोजपुरी सिनेमाको अभिनयमा आकर्षित भएका छन् ।

बहु बिवाह टुटेका अरु अभिनेत्रीहरु पनि यहाँ नभएका हैनन् । सिनेमामा आउनु भन्दा अघि नै विवाह गरेकी प्रिया रिलिजले पहिलो पति छाडेर चलचित्रमा नायिका बनिन् । त्यसको केही वर्ष पछि उनले एकजना व्यापारीसँग विवाह गरिन् । उनको दोस्रो विवाह पनि टुट्यो । उनी अहिले आफ्नो एक मात्र सन्तानसँग छिन् ।

नायिका पुजा लामाको पनि दुई पटक दाम्पत्य सम्बन्ध टुटिसकेको छ । दोस्रो पटकको बैबाहिक सम्बन्ध पनि टुटेपछि उनी पनि एक्लो भएकी छिन् ।

यस्तै सिनेमामा अभिनेत्रीका रुपमा उदाउँदै गरेकी निशा सुनारको पनि दोस्रो विवाह समेत टुट्यो । गायिकाबाट चलचित्रमा प्रबेश गरेकी निशाले गाउँमा पहिलो विवाह गरेकी थिईन् । पहिलो दाम्पत्य सम्बन्ध तोडेर गायनमा लागेकी उनले एकजना माडवारीसँग दोस्रो विवाह गरिन् । तर त्यो दाम्पत्य सम्बन्ध पनि धेरै समय टिक्न सकेन । त्यसैले उनी पुन एक्ली भएकी छिन् ।

-डब्बु क्षत्री

About the author

Artist Sansar