मिस ब्युटी क्विन नेपाल बिजेता ज्योति मोडलिङ्गमा (फोटो फिचर)

Written by Artist Sansar

युवापुस्ताको आकर्षणमा रहेको रंगिनसंसारमा रमाउन नचाहने मानिस सायद कमैमात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । नबमोडल ज्योति प्रसाई पनि त्यस्तै-त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित बनाउने योजनाको साथमा अगाडी बढदै गरेकीछिन । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छिन र त्यसै अनुरुप मेहनतपनि गरिरहेकी छिन ।

अमाजोन ईन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न भएको ‘मिस ब्युटी क्विन नेपाल २०१८’ मा बिजेताको टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हातपारेकी थिईन। विभिन्न र्याम्प सोहरुमा तथा म्युजिक भिडियोहरुमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमा अनुभब बटुलीसकेकी ज्योतिले भर्खरै सम्पन्न ‘मिस्टर ह्यान्डसम नेपाल २०१८’ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल निर्णायाक क्षमता समेत प्रदर्शन गरिसकेकी छिन ।

नृत्य र अभिनयमा पोख्त ज्योतिको सुन्दर मुहार र आकर्षक शरीरनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनयकलालाई अझै निखारता ल्याउदै स्थापित हुनचाहन्छिन । झापा सुरुङ्गाकि स्थाई बासिन्दा ज्योति काठमाडौँलाई कर्मथलो बनाउदै आफ्नो अध्ययनलाई निरन्तरता दिंदै आफ्नो भबिष्य कोर्नेक्रममा छिन । डिएभि कलेजमा बिबिएस चौथो बर्षमा अध्यनरत उनि अभिनय, नृत्य, घुमफिर, र अध्ययनमा रुचि राख्छिन ।
आर्टिस्ट नेपालको माध्यमबाट मोडलिङमै भबिष्य बनाउने अभिप्रायकासाथ स्थापित हुन सोचबनाएकी उनले यसक्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउन सक्नेमा आशाबादी छिन् ।

मोडल : ज्योति प्रसाईं (‘मिस ब्युटी क्विन नेपाल २०१८’ बिजेता)
फोटोग्राफर: कुबेर तामांग
मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)
स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियो
मोडल सोर्स : आर्टिस्ट नेपाल नेटवर्क

 

About the author

Artist Sansar