modeling workshop in nepal

तेश्रो संस्करणको नेपाल्स चबी मोडल २०१९ को अडिसन सम्पन्न

basic photography workshop

३ बर्ष अगाडि नेपालमा नै पहिलो पटक मोटी उपनाम पाएका महिलाहरुलाई केन्द्रित गरेर आयोजना गरिएको सौन्दर्य प्रतियोगीता ‘नेपाल्स चबी मोडल २०१९’ को लागि पहिलो अडिसन सम्पन्न भएको छ । तेश्रो संस्करणको यस् प्रतिस्प्रधामा १ दर्जनको हाराहारीमा प्रतियोगीहरु अडिसनमा सामेल भएका थिए ।

सिद्दि मिडियाले आयोजना गर्ने गरेको यस् पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउनबाट डराईरहेका युवतीहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको सिद्दी मिडिया का निर्देशक अमित शाह बताउछन ।
आगामी अडिसनको लागि ईच्छुक प्लस साईज (मोटोपन भएका बिवाहित तथा अबिवाहित युवती) भएका युवतीहरुले सिद्दी मिडियाको कार्यलय तथा आर्टिष्ट नेपालको कार्यालय पूतलीसडकमा आई फर्म भर्न सक्नेछन ।

यस् प्रतियोगिताको यस् अघी समिरा श्रेष्ठ २०१७ र जिना राजकर्णिकार २०१८ घोसित भएका थिए ।

artistnepal-tv-ads