समय परिस्थतिलाई ध्यानमा दिएर फिल्म बनाइयो भने त्यो सफल हुन्छ -नायक सन्तोष तामाङ

Written by Artist Sansar

सन्तोषसँग हामीले नेपाली चलचित्रको वर्तमान अवस्था र चुनौति तथा अवसरका बारेमा कुराकानी गरेका थियौं ….[+]

नमस्ते, नयाँ नेपाल एक्सप्रेस, फोर्स, दलाल जस्ता चलचित्रमा अभियनय गरेका नायक सन्तोष तामाङ बेला बेलामा मात्र छाउने कलाकार हुन् । अभिनयका अलवा विभिन्न सामाजिक संस्थामा समेत सक्रिय तामाङ कलाकारिताबाट आफू नटाढिएको बताउँछन् । आफू सामाजिक काममा सक्रिय भए पनि नेपालको चलचित्र उद्योगलाई भने नजिकबाट नियालिरहेको बताउँछन् । एक दशक अघि नेपाल टेलिभिजनबाट प्रसारण हुने प्रहरी अनुरोध कार्यक्रममा देखिने उनी सानै उमेर देखि नाटक तथा विभिन्न कार्यक्रमहरुमा अभिनय गर्थे । उनै सन्तोषसँग हामीले नेपाली चलचित्रको वर्तमान अवस्था र चुनौति तथा अवसरका बारेमा कुराकानी गरेका थियौं ।

नेपाली चलचित्रहरुको बजार कस्तो देख्नुहुन्छ ?
नेपाली चलचित्रको सुनौलो भविष्य र राम्रो बजार छ भन्नकुरा प्रमाणित भएको छ । धेरै नेपाली फिल्म व्यवसायिक रुपले सफल बनेका छन् । हालसालै प्रदर्शित चलचित्र कबड्डी कबड्डीले पनि सिङ्गल थिएटर तथा मल्टिप्लक्सहलका दुबै दर्शकहरुलाई समेत आफ्नो बनाउन सक्यो । समय परिस्थतिलाई ध्यानमा दिएर दर्शकका स्वादलाई पनि विचार गरेर फिल्म बनाइयो भने त्यो सफल हुन्छ ।
नेपाली चलचित्रहरु सफल बन्न नसक्नुका कारणहरु के के हुन सक्छन् ?
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नै स्क्रिप्ट हो, फितलो स्क्रिप्ट, कमजोर पटकथा, एवं संवाद र कलाकारहरुको अभिनय क्षमतालाई बाहिर परिस्क्रत गर्न नसक्ने निर्देशक तथा कमजोर प्रस्तुतिको कारणले नेपाली चलचित्र माथि उठ्न नसकेको हो । त्यस्तै निर्माण क्रममा निर्माताले लगानी गर्न हिचकिचाउँदा चलचित्रको गुणस्तरमा हासआउँदछ ।
नेपाली चलचित्र उद्योगको स्टारडमलाई कसरीस् हेर्नुहुन्छ ?
नेपालमा वास्तविक स्टारडम भएका नायकहरुको अहिले सम्म जन्म भ्एको छैन । नायक राजेश हमाल, निखिल उप्रेती, बिराज भट्टमा देखिएको स्टारडम केहि समयको लागि मात्र सिमित भयो । जसरी बलिउडमा तिन नायकहरु सलमान, शाहरुख र आमिर खान नब्बेको दशक देखि अहिले २०१५ सम्म एक छत्र जु्न किसिमको क्रेज र स्गटारडम देखिएको छ त्यस्तो कुनै पनि नेपाली चलचित्रका नायक नायिकामा देखिएन ।
इन्डस्ट्रीको लागि स्टार डम आवश्यक हुने हो ?
कुनै पनि फिल्म इन्डस्ट्रीलाई हेर्दा त्यहाँ स्टारडम देखिन्छ । जस्तै हलिवुडमा, नायक जर्ज क्लुनी, टम क्रुज र लियोनार्दो डि क्याप्रियोको क्रेज भए झैँ बलिउडमा पनि सलमान खान, शाहरुख खान र आमिर खानको लामो समय देखि प्रभाव छ । त्यस्तै भारतको क्षेत्रीय फिल्म इन्डस्ट्री साउथ फिल्म इन्डस्ट्रीमा पनि रजनीकान्त, चिरञ्जिवी र नागार्जुनको ठुलो क्रेज र स्टारडम यथावत छ । जस्ले गर्दा नै सम्पूर्ण फिल्म इन्डस्ट्री टिकेको छ र अघि बढेको छ ।
तपाई आफूलाई कुन बिधामा सबल ठान्नुहुन्छ ?
एउटा सफल नायक बन्न राम्रो अभिनय, नृत्य, द्धन्द तथा व्यक्तित्वको आवश्यकता रहन्छ । त्यसै गरि उसमा जुनसुकै पात्र वा भूमिकालाई सहज र जीवन्त ढंगले अभिनय गर्न सक्ने क्षमता हुनुपर्छ । त्यसैले म आफूलाई कुनै एक बिधामा मात्र सिमित नराखी विभिन्न बिधाहरुमा अभिनय गर्न रुचाउँछु ।
तपाईलाई अब चलचित्रमा फेरि हामीले कहिले देख्न पाउने ?
अवश्य पनि केहि वर्षको ग्याप त भएको छ । दर्शकहरुको माया र सम्मानलाई मध्य नजर गर्दै आफूलाई थप परिष्कृत गर्दै चाडै नै चलचित्रहरु मार्फत आफ्नो अभिनय यात्रालाई निरन्तरता दिदैछु ।

अब अन्तयमा भनिदिनुहोस्, नेपाली चलचित्र उद्योग कता तिर जाला ? तपाईलाई के लाग्छ ?
नेपाली चलचित्रको बजार छैन यसको दर्शक छैन र भविष्य अन्योल छ भन्ने चलचित्रकर्मीहरुले आफ्नो गलत विचारलाई परिवर्तन गरेर समय सापेक्ष दर्शकहरुको स्वादलाई मध्य नजर गरेर गुणात्मक चलचित्र निर्माण गरेमा नेपाली चलचित्र क्षेत्रले गति लिन सक्छ । साथै सरोकारवालाहरुले पनि नेपाली चलचित्र क्षेत्रमा देखिने समस्या कमजोरीलाई सुधार गरेमा अवश्य पनि चलचित्र क्षेत्र विकसित हुने छ ।

About the author

Artist Sansar