कलाकर्मीद्धारा अनाथ बालबालिकासँग होली

फागु पूर्णिमाको अवसरमा नायिका पूर्णिमा लामा अध्यक्ष रहेको फेथ नेपालले ललितपुरको कोपिला बालबालिका संरक्षण केन्द्रमा

https://artistnepal.com/

https://artistnepal.com/

"

काठमाडौं । फागु पूर्णिमाको अवसरमा नायिका पूर्णिमा लामा अध्यक्ष रहेको फेथ नेपालले ललितपुरको कोपिला बालबालिका संरक्षण केन्द्रमा आश्रीत बालबालिकाहरुलाई खाना खुवाउने तथा होली कार्यक्रम गरेको छ ।
होलीको बेलामा अन्य कुरामा खर्च गर्नु भन्दा बरु अनाथ बालबालिकाहरुसँग होली खेल्यौ र थोरै भए पनि उनीहरुको मुहारमा खुसी ल्याउने प्रयास गरौं भनेर कार्यक्रम गरेको फेत नेपालका अध्यक्ष तथा नायिका पूर्णिमा लामाले बताइन् । हामीले अन्य अनावश्यक कुरामा खर्च गर्नु भन्दा यस्ता अनाथ बालबालिकाहरुलाई केहि गर्नु राम्रो हुने उनी बताउँछिन् । त्यस संरक्षण केन्द्रमा हाल २४ जना बालबालिकाहरु आश्रित रहेका छन् ।
कार्यक्रममा बोल्दै संरक्षण केन्द्रकी अध्यक्ष मैना पहारीले केन्द्रमा रहेका बालबालिकाहरुलाई शिक्षामा स्थानिय विद्यालयमा अध्ययन गराई रहेको र त्यहाँ निशुल्क अध्यापनको व्यवस्था भएको तर केन्द्रमा मुख्य समस्या भनेको घरभाडाको रहेको बताइन् । करिब ११ महिना देखी भाडा तिर्न नसकेको र घरपेटीले सर्न दबावदिइरहेको दुखेसो पोखिन । संस्थालाई सहयोग गर्न सबैलैइ उनले अनुरोध पनि गरेकी थिईन ।