नायिका संचिता लुईटेल र नायक निखिल उप्रेतीलाई पुत्रलाभ

Written by Artist Sansar

नायिका संचिता लुईटेल र नायक निखिल उप्रेतीलाई पुत्रलाभ भएको छ । सुत्केरी ब्यथा लागेपछि उनलाई आइतवार…[+]

नायिका संचिता लुईटेल र नायक निखिल उप्रेतीलाई पुत्रलाभ भएको छ । संचिताले आइतवार कृष्णअष्टमीका दिन थापाथलीस्थित नर्भिक अस्पतालमा छोरा जन्माएकी हुन् । निखिल उप्रेती र संचिता लुईटेल दुबैको एक बर्षअघि दोस्रो बिबाह भएको थियो ।

सुत्केरी ब्यथा लागेपछि उनलाई आइतवार अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले दिएको मितिअनुसार नै उनले बच्चा जन्माएकी छन् । आइतवार राती करिव साढे नौ बजे शल्यक्रिया सकि सकुसल प्रसुति गराइएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । यसअघि पनि निखिलको पहिलो श्रीमति कोपिलाबाट छोरा नै जन्मिएको थियो ।

सामान्य प्रकृयाबाट प्रसुती नभएपछि चिकित्सकले सल्यक्रिया गरेका थिए । यसअघि संचिताको गर्भमा दुईवटा बच्चा रहेको भनिएपनि उनले एउटा मात्र जन्माएकी छन् ।

संचिता पति नायक निखील उप्रेती उनलाई भेट्न आइतवार नै मुम्वईवाट नेपाल आएका थिए । उनी आईतवार दिनभर नै नर्भिकमा संचिताको साथमा रहेका थिए ।

आर्टिस्ट नेपाल डट कम परिवारको तर्फबाट नायक निखिल उप्रेती र नायिका संचिता लुईटेललाई पुत्रलाभ भएकोमा हार्दिक बधाई तथा सुभ- कामना !

About the author

Artist Sansar