सुजिता बस्नेत बनिन् , पहिलो मिस नेपाल युएसए २०११

आर्टिस्टनेपाल डट कम, न्यूयोर्क । अमेरिकामा पहिलोपटक आयोजना गरिएको नेपाली सुन्दरीहरुको प्रतियोगिता ‘मिस नेपाल …[+]

आर्टिस्टनेपाल डट कम, न्यूयोर्क । अमेरिकामा पहिलोपटक आयोजना गरिएको नेपाली सुन्दरीहरुको प्रतियोगिता ‘मिस नेपाल युएसए २०११’ को उपाधि वासिङटन डीसीकी सुजिता बस्नेतले हात पारेकी छन् । स्थानीय समयअनुसार शनिवार राती न्यूयोर्कमा  भएको अन्तिम प्रतिस्पर्धामा २६ जना प्रतिष्पर्धीलाई उछिनेर बस्नेतले ताज हात पारेकी हुन् ।

स्माइलको उपाधि फेरि केसी र मिस बेष्ट हेयरको उपाधि त्रियुक्ता घिमिरेले जितिन् । प्रतियोगितामा मिस बेष्ट ड्रेसको उपाधि रुबी अधिकारी, मिस फोटोजेनिक उषा नगरकोटी र मिस ट्यालेन्टको उपाधि सम्झना कार्कीले हात पारेका छन् ।

प्रतियोगिताको फष्ट रनरअपको उपाधि लस एन्जलस बस्ने तिलष्मी विष्ट र सेकेन्ड रनरअपको उपाधि टेक्सासमा बसोवास गर्ने नविना बस्नेतले जितेकी छन् । मिस पर्सनालिटी र मिस बेष्ट वाल्कको उपाधि जुबी गौचनले हात पारिन भने मिस पपुलर प्रतिष्पर्धीको उपाधि बन्दना शर्माले जितिन् । यस्तै मिस बेष्ट

प्रतिष्पर्धाको अन्तिम चरणमा पाँच जना युवतीहरु जुवी गौचन, फेरि केसी, नविना बस्नेत, सुजिता बस्नेत र तिलष्मी विष्ट छानिएका थिए । प्रतिष्पर्धाको निर्णायकहरुमा सिएनएनमा कार्यरत नेपाली चेली किरण क्षेत्रीसहित पुकार मल्ल, आमुदा मिश्र, शान खड्का, डिल्ली भट्ट, सादिया सलिन, तेन्जिङ यांकी, जेन इ किन र प्रमुख अतिथि जेम्स सिन्केक थिए । प्रमुख अतिथि जेम्सले मिस नेपाल युएसएको उपाधि प्रदान गरेका थिए ।

यसैबीच प्रतिष्पर्धा निष्पक्ष र धाँधलीरहित नभएको भन्दै सहभागी प्रतिष्पर्धीहरुले नै यसको विरोध गरेका छन् ।

प्रतिष्पर्धाका लागि अमेरिकाका विभिन्न राज्य तथा शहरबाट छानिएका २७ जना युवतीहरुमध्ये कतिपयले प्रतिष्पर्धा निष्पक्ष नभएको गुनासो गरे । सहभागीमध्ये कसलाई उपाधि दिलाउने भन्ने पहिले नै तय भईसकेको र लेनदेनसमेत भएको उनीहरुले दावी गरेका छन् । यसअघि कार्यक्रमकी अध्यक्ष तथा अभिनेत्री गौरी मल्लले आयोजकको रवैया चित्त नबुझेको भन्दै अन्तिम समयमा आएर राजीनामा दिएकी थिइन्

 

About the author

Artist Sansar