‘आचार्य’ फिल्म मुम्बई इन्टरनेशनल फिल्म फेस्टिभलका लागि छनौट

Written by Artist Sansar

भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ फिल्म मुम्बई इन्टरनेशनल फिल्म फेस्टिभलका लागि छनौट भएको छ ..[+]

भजन शिरोमणी गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ फिल्म मुम्बई इन्टरनेशनल फिल्म फेस्टिभलका लागि छनौट भएको छ । अघिल्लो साता प्रोमा, गीति संग्रह सार्वजनिक भएको यो फिल्मले सम्पूर्ण चलचित्र उद्योगमै एउटा ऐतिहासिक सफलता हासिल गरेको छ ।

आगामी अक्टुबर दोस्रो साता सम्पन्न हुने विश्व भरीका फिल्महरुको प्रतिस्पर्धामा ‘आचार्य’ नयाँ अनुहार विधामा छनौट भएको हो । महोत्सवको यो १३ औं संस्करण हो । फिल्मसंग सम्बन्धित स्रोतका अनुसार महोत्सव आयोजकले सोमबार बिहान फोनमार्फत ‘आचार्य’ महोत्सवका लागि छनौट भएको जानकारी गराएका हुन् । ‘आचार्य’ आगामी असोज ६ गतेदेखि नेपालमा रिलिज हुँदैछ । आयोजकले फिल्मसंग सम्बन्धित पब्लिसिटीका सामाग्री पठाइदिन फोनमार्फत आग्रह गरेको बताइन्छ ।

फेस्टिभलमा बलिउडका मुलधारका सिनेमासहित विश्वका स्तरिय फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ । सिक्किमका निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेको यो फिल्मलाई सिक्किमकै सिल्क रुट पिक्चर्सले निर्माण गरेको हो । यो फिल्मको नेपाल र भारतमा एकै साथ रिलिज गर्ने तयारी भैरहेको छ । फिल्ममा भक्तराजकालिन दृश्य तथा वेशभुषा र परिवेशलाई चित्रण गरिएको छ । फिल्ममा भक्तराजको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् । फिल्ममा अरुणा कार्की, सुनिल पोखरेल आदि कलाकारले पनि अभिनय गरेका छन् । फिल्ममा चर्चित गजल गायक गुलाम अलिले पनि विशेष भूमिका निर्वाह गरेका छन् ।

शैलेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको यो फिल्मको छायाँकन काठमाण्डौ, सिक्किम तथा दार्जिलिङमा गरिएको हो । रोशन राईले निर्माण गरेको यो फिल्मका गीतमा भक्तराज कै संगीत रहेको छ । सांगीतिक फिल्मको रुपमा प्रचार प्रसार गरिएको यो फिल्म करिब दुई करोडको लगानी गरिएको बताइन्छ ।

About the author

Artist Sansar