सफल गीतकारको रुपमा परिचित हुँदै ज्ञानकुमार सुनुवार

Written by Artist Sansar

स्थाई रुपमा रामेछाप निवासि उनले सांगीतक क्षेत्रमा आफ्नो पाईला गितकारको रुपमा अघि बढाए ।गीति लेखन यात्रा संगै व्यवसाय पनि सञ्चालन गर्दै आएका उनको हाल तिन छोरा र एक छोरी छन् ।उनको बुवा ब्रिटिश आर्मीमा हुँदा मलेशियामा जन्मिएका उनले औपचारिक शिक्षा मलेशियामै हासिल गरे भने पछी फेरि कामको शिलशिलामा मलेशिया गए । पारिवारिक जिम्मेवारी संगै यो क्षेत्रमा पनि अघि बढ्न सकेकोमा भने उनले आफूलाई भाग्यमानि ठान्ने गरेका छन् ।

उनले व्यवसायमा लाग्नुभन्दा पहिले नृत्य निर्देशन गर्ने गरेका थिए । गीत संगीत प्रति रुचि भएकै कारण रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरेका उनले गायन पेशालाई भने निरन्तरता दिएनन् ।कामको शिलशिलामा विदेश गएका उनले गीती लेखन यात्रालाई भने निरन्तरता दिए । उनि भन्छन् “काम गर्दै त्यो व्यस्त समयमा पनि मेरो दृष्य भित्र गीतहरु गुन्जीरहन्थे र म त्यसलाई अक्षरमा उतारिदिन्थे ”।

गीतकारको रुपमा उनले २००३ मा माछी खोलिमा गीतको अडियो रेकर्ड गराएका थिए । त्यस पश्चात उनले सिरुवराली गीत लेखेका थिए र त्यहि नामको एलब्म जेड इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरे ।जुन एलब्ममा संगीत तथा गाएन कोसिस क्षेत्रिको रहेको थियो ।
उक्त एल्वमको के भो के भो लौननि बोलको गीतको भिडियो पनि हालसालै सार्वजनिक भएको छ जसमा सम्पदा बानिया र बिकास लामिछानेले भिडियोमा अभिनय गरेका छन् भने आर्टिस्ट नेपालका निर्देशक नव ढुङ्गेलले भिडियो निर्देशन गरेका छन् ।

गीतकार सुनुवारले श्रोताहरुको इच्छालाई ध्यान दिदै आधुनिक गीत लेख्ने गरेको बताए ।उनले आफूले नयाँ गीत लेखिरहेको र रेकर्डिङ गर्ने तयारी भईरहेको पनि जानकारी दिए । हालसम्म उनका ५ वटा गित सार्वजनिक भईसकेका छन् । उनको नयाँ म्युजीक भिडियो पनि आउने तयारीमा रहेको छ भने उक्त म्युजीक भिडियो पनि निर्देशक ढुङ्गेलले निर्देशन गर्ने भएका छन् ।

About the author

Artist Sansar