रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ सार्वजनिक ( भिडियो )

Written by Artist Sansar

काठमाडौं । गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ ।

प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको छ ।आवेश बज्राचार्यले खिचेको भिडियोलाइ माधव बेल्वासेले कलर ग्रेडिंङ र सम्पादन गरेका हुन् ।

भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

About the author

Artist Sansar