प्रनिमा, सुयोग, प्रेम र रचना फिचर्ड म्युजिक भिडियो “औंठी त दियौ तिमीले” सार्वजनिक

Written by Artist Sansar

गायक ईश्वर मागिया आफ्नो पन्ध्रौ एल्बमको नयाँ गीत लिएर दर्शक–स्रोतामाझ आएका छन्। “औंठी त दियौ तिमीले” बोलको गीतमा ईश्वरको साथमा गायिका समिक्षा अधिकारीले स्वर रहेको छ ।

उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा प्रनिमा दाहाल,सुयोग तामाङ,प्रेम लामा र रचना गौतमको अभिनय रहेको छ। गीतको म्युजिक भिडियो आर्टिस्ट नेपालका अधक्ष्य नव ढुंगेलले निर्देशन गरेका छन्।निर्देशक ढुङ्गेलले ५ दर्जन बढी म्युजिक भिडीयो निर्देशन गरिसकेका छन्।

डान्स मुड रहेको भिडियोलाई सन्दिप भुजेलले कोरियोग्राफ गरेका हुन् । अमृत सुनुवारको छायाङ्कन तथा माधब बेलबासेको सम्पादनमा उक्त भिडियो तयार भएको हो।
-हेर्नुहोस भिडियो-

About the author

Artist Sansar