फ्राइडे रिलिज : ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ देशभर एकसाथ प्रदर्शनमा

Written by ArtistNepal News

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज दुई फिल्म ‘पासवर्ड’ र ‘हिरो नम्बर १’ प्रदर्शनमा आएका छन् ।  दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हन् ।

दुई फिल्म ‘पासवर्ड’ प्रचारप्रसार सहित प्रदर्शनमा आएको हो, भने ‘हिरो नम्बर १’ बिना प्रचार प्रदर्शनमा आएको हो । देशभर एकल प्रदर्शनमा आउन लागेको ठूलो बजेटको ‘पासवर्ड’लाई ‘हिरो नं १’ भिलेन साबित भएको छ ।

फिल्म ‘पासवर्ड’ मा भारतीय अभिनेत्री सन्नी लियोनीले आइटम नृत्य गरेको छ । फिल्मको बिहीबार कुमारी चलचित्र भवनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी हुन सन्नी बिहिबार नै नेपाल आएकी थिइन् ।

‘पासवर्ड’ एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म हो । अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको फिल्ममा अभिनय रहेको छ । बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेत निर्माता रहेको फिलम सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

‘हिरो नं. १’
अभिनेता जयकिशन बस्नेतले निर्माण गरेको पछिल्लो फिल्म बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको हो । जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजीवजंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राकार, टार्जन, शुभेच्छा थापा, प्रनिप अधिकारी लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

कमेडी र एक्सन मिश्रित फिल्म बिना प्रचार प्रसार प्रदर्शनमा आएको हो । चलचित्रमा बिनोद सापकोटाको छायाँकन, तारावीर पाण्डे, हरि थापा र सूर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द्व एवम् सुदीप पाण्डेको सम्पादन रहेको छ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।