७२ दिनको लगातार छायाँकन पछि चलचित्र ‘आमा’को छायाँकन सम्पन्न

Written by Artist Sansar

काठमाडौं– दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘आमा’को छायाँकन सकिएको छ । बुधबार स्वयम्भुको हलचोकमा कलाकार देशभक्त खनालको एकदृश्य छायाँकनसँगै ७२ दिनको नियमित छायाँकन पछि चलचित्रको छायाँकन सकिएको हो।

अक्सर नेपाली फिल्मको छायाँकन डेढदेखि दुई महिनामा सकिने गर्दछ । तर निर्देशक खनाललाई भने यो फिल्म धेरै समय लाग्यो । गत १६ असारबाट छायाँकन सुरु भएको चलचित्रको छायाँकन नियमित नभएको कारण लामो समय लागेको हो । प्राकृतिक बर्षा भएको समयमैचलचित्रका केही दृश्य खिच्नुपर्ने भएकोले पानी समयमा नपर्दा चलचित्रको छायाँकन लम्बिएको थियो ।

चलचित्रमा अभिनेत्री मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘आमा’को मुख्य कथामा बन्न लागेको यो चलचित्र आफ्नो अहिलेसम्मकै राम्रो चलचित्र हुने निर्देशक खनालले बताएका छन् । चलचित्रको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ ।

यसै चलचित्रका लागि अभिनेत्री सुरक्षा पन्तले आफ्नो कपाल मुन्डन गराएकी थिइन् । चलचित्रको निर्माता शर्मिला पाण्डेले रहेकी छन् ।

About the author

Artist Sansar