चलचित्र प्रेम संसार’ को पहिलो गीत सार्बजनिक

Written by Artist Sansar

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पहिलो गित सार्बजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बजनिक गरिएको हो । सार्बजनिक ‘सुनैना सुनैना’ बोलको गितमा अर्जुन पोखरेलको शब्द तथा संगीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । सार्बजनिक गरिएको गितमा चलचित्रका नायाक प्रेम सोनी र नायिका आयुष्मा कार्की फिचर्ड छन् । गितको कोरियोग्राफी राम गौतमले गरेका हुन् ।
चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमले चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रको कथालेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता हुन्। कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोखरेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको एक्सन, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

About the author

Artist Sansar