भिडियोमा ब्यस्त बन्दै बिजय

Written by Artist Sansar

नेपाली लोकगित क्षेत्रमा निकै चर्चित रहेका मोडल बिजय थापा मोडलिङ अबला भिडियो निर्देशनमा पनि ब्यस्त छन् …[+]

आर्टिस्ट नेपाल

नेपाली लोकगित क्षेत्रमा निकै चर्चित रहेका मोडल बिजय थापा मोडलिङ अबला भिडियो निर्देशनमा पनि ब्यस्त छन् । नेपाली लोकगितबाट हात हालेका थापाले अहिले आएर बिभिन्न आधुनिक गितहरुमा पनि मोडलिङ तथा निर्देशन गर्दै आएका छन् । यसैक्रममा उनले नब गायक सँगम सरगमको ‘ पल पल मनमा छायो बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । बिबी अनुरागीको संगीत तथा निलम आम्बुहाङ राईको शब्द रहेको यस् गीतमा बिजय सहित नानु ठकुरी ,रोनिक मानन्धर, अभिशेक खड्का तथा ईभन लोनले अभिनय गरेका छन् ।

रोमान्टिक स्टोरीमा बनाईएको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् , त्यस्तै टेकेन्द्र शाहले सम्पादन गरेका छन् । रिलिजको तयारीमा रहेको यस् भिडियोका गायक सँगम सरगम खोजी प्रतिभा सिजन १ का टप ३ प्रतियोगी हुन् । हालसम्म एक दर्जन गीत रेकर्ड गराईसकेका सँगमको “सरगम” नामक एल्बम आउने तयारीमा रहेको छ ।

About the author

Artist Sansar