न्यु एल्बम रिलिज | श्लोक लिएर आए नविन के भट्टराई

नेपाली पप संगीतका श्रस्टा गायक नविन के भट्टराईले चौधौं एकल एल्बमको रुपमा एल्बम ‘श्लोक’ लिएर आएका छन् …[+]

आर्टिस्ट नेपाल

नेपाली पप संगीतका श्रस्टा गायक नविन के भट्टराईले नयाँ एल्बम ‘श्लोक’ लिएर आएका छन् । चौधौं एकल एल्बमको रुपमा आएको उनको यस् एल्बममा पप शैलीका आठ गीत समावेश गरिएको छ । गायक भट्टराईका यस अघि जिन्दगी, रहरै रहरमा, आभाष, स्मृति, सम्झना, नविन, द ब्लु, स्मृति रिलोडेड, समर्पण, जि-मेजर, नक्षत्र आदि १३ वटा एकल एल्बम सार्वजनिक छन् ।

एल्बममा समावेश गरिएको एउटा गीत ‘फर्केन तिम्रो मन’ को म्युजिक भिडियो पनि सार्वजनिक भैसकेको छ, जसमा नविन स्वयंले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा नविनलाई मोडल सामिया बड्तौलाले अभिनयमा साथ दिएकी छिन् । स्टेरियो रेकर्ड्सले बजार प्रवद्धन गरेको यो एल्बमका सात वटा गीतमा गायक भट्टराईकै शब्द तथा संगीत छ भने एउटा गीतमा मनोज केसीको शब्द तथा सन्दिप डंगोलको संगीत सुन्न सकिन्छ ।