न्यु रिलिज | गायक भिम लिम्बुको “मिम्जिमा” बिमोचित

१३ बर्ष अघी देखी साङितिक क्षेत्रमा पाईला चालेका गायक भिम लिम्बुको दोश्रो एल्बम “मिम्जिमा” को बिमोचन भएको छ…[+]

आर्टिस्ट नेपाल

बिगत १३ बर्ष अघी देखी नेपाली साङितिक क्षेत्रमा पाईला चालेका गायक भिम लिम्बुको दोश्रो एल्बम “मिम्जिमा” को बिमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संगीत गुरु धन बहादुर गोपाली, कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुभाष ढकाल , साहित्यकार उशा शेचरण शान्तिप्रियले गायक लिम्बुको एल्बम बिमोचन गरेका हुन् । ७ बर्ष अघी सार्वजनिक गरिएको ‘ धानै नाचिन्छ” बोलको गीत बाट चर्चित बनेका भिमको यस् दोश्रो एल्बममा आफुलाई चिनाउने यही गीत सहित् ८ वटा गीत हरु सङ्रहित छन् ।

एल्बममा १. माया मेरी झुटो रे ( शब्द : किरण घिमिरे माईकल , संगीत : कोशीस छेत्री ), २. हातै काटेर ( शब्द : सन्जिव थापा , संगीत : हरी लम्साल ), ३. आशुले भिजाई सिरानी (शब्द तथा संगीत : जबिक ), ४. यो मुटुमा ( शब्द : किरण घिमिरे माईकल , संगीत: कल्याण सिंह ) ५. खुल्यो है खुल्यो ( डा. कृष्णहरि बराल ,संगीत: तारा प्रकाश लिम्बु ) ६. सान्नानी ( शब्द तथा संगीत : सुदर्शन बिक्रम राणा ) ७. कहानी बज्यो ( शब्द तथा संगीत : किरण घिमिरे माईकल) ८. धानै नाचिन्छ ( शब्द तथा संगीत :सशी गुरुङ वाङ्देल) रहेका छन् ।

कार्यक्रममा स्व. आलोक नेम्बाङ निर्देशित अन्तिम भिडियो ‘ माया मेरो झुटो रे’ पनि सार्वजनिक गरिएको थियो ।