पुन: चलचित्र चकलेटको चर्चा चुलिदै , च्यारिटीमा अन्य चलचित्र भन्दा अगाडि

Written by ArtistNepal News

प्रधानमन्त्री ओलीले नितान्त सामाजिक कार्यको लागि बनेको हुनाले चकलेट फिल्मलाई सकेको सहयोग गर्ने प्रतिबद्धता । पुरा पढ्नुहोस् !

आर्टिस्ट नेपाल संबाददाता
चकलेट चलचित्र हलबाट उत्रेको धेरै भईसक्यो । तर फेरी यसको चर्चाभने चुलिन थालेको छ । चलचित्रले ब्यबशायिक सफलता हासिल नगरेपनी यतिखेर च्यारिटी शोमा चकलेटले पाएको निरन्तर सफलताले यसको चर्चा हुन थालेको हो ।
एउटा चलेको चलचित्रमा प्रयोग गरिएको फर्मुला आईटम गीत, असान्दर्भिक कमेडी , पात्रहरु र अनेकौ मसलाहरुको बेस्वादे गन्ध भन्दा फरक ढंगबाट चलचित्रलाई प्रस्तुत गरिएको बताउछन निर्देशक निर्मल शर्मा । दरबारमार्ग मा हुने ठुला ठुला ब्यापारिक डिल , विश्वस्तरीय ब्रान्ड र फेसन, मोडेर्न लाईफ, बिभिन्न स्वादका खाना र टिप्स र त्यही सडक पेटीमा एकछाक खानको लागि बसेको भोको पेट । यसैमा केन्द्रित रहेको चलचित्र अन्य कमर्सियल चलचित्र भन्दा फरक चलचित्र हो । मनोरन्जनको लागि हलमा पुग्ने दर्शकलाई सडकको कथाले नतानेको हुनसक्छ , निर्देशक शर्माको ठम्याई छ ।

kp sharma oli nirmal sharma, pujana pradhan

अहिले चलचित्रले देश भित्र तथा देश बाहिर च्यारिटी शोले स्थान पाईरहेको छ । केही दिन अघी प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र हेरी राम्रो बनेको प्रतिकृया दिनुभएको थियो । प्रधानमन्त्री ओलीले नितान्त सामाजिक कार्यको लागि बनेको हुनाले चकलेट फिल्मलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको निर्देशक शर्माले जानकारी दिनुभयो । चलचित्रलाई हिमानी ट्रस्टले च्यारिटी गर्ने तयारी गरेको बताउदै शर्माले आफुले एक पैसा पनि नलीईकन काम गरेको बताए । आर्टिस्ट नेपाल डट कमसँग कुरागर्दै निर्देशक शर्माले एउटा कोठामा बसेको केटी अर्थात पूजानाले च्यारिटी सो मार्फत दर्शकबाट उठाएको रकमबाट सडकमा रहेका ५० जना बालबालिकालाई पाल्ने, पढाउने उदेश्यलाई आफुले सक्ने सहयोग गरेको बताए । यसैको निरन्तरता स्वरुप च्यारिती मार्फत ५० लाख जति कलेक्सन हुन लागेको पनि बताए । पूजाना प्रधानको निर्माण रहेको यस् चलचित्रमा पूजना स्त्रि प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, सुमन गैरे लगायतको अभिनय छ ।

chocolate-movie-first-poster

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।