बलिउड फिल्म ‘वार’ आजबाट प्रदर्शनमा

Written by Artist Sansar

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्रfफ अभिनित फिल्म ‘वार’ आजबाट प्रदर्शनमा आएको छ । ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका छन् । यस फिल्मलाई यो वर्षकै सर्वाधिक बहुप्रतीक्षित फिल्मको रुपमा लिइएको छ ।

ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएसँगै फिल्मले पहिलो दिनमा भारतीय बक्स अफिसमा ४५ करोड भारतीय रुपैयाँको व्यापार पर्ने अनुमान गरिएको छ । एक्शन थ्रिलर जनराको यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।

वारलाई भारतको सबैभन्दा ठूलो ब्यानर यशराज फिल्म्सले निर्माण गरेको हो । फिल्ममा ऋतिक रोशन, टाइगर श्राफसँगै वानी कपूरको मुख्य भूमिका रहेको छ । साथै बलिउड फिल्म ‘वार’ नेपालमा पनि आजैबाट प्रदर्शनमा आएको छ । फिल्मले नेपालको मल्टिप्लेक्शमा पनि धेरै शोज पाएको छ । सामान्यतया बलिउड र नेपालमा शुक्रवार फिल्म रिलिज गर्ने प्रचलन छ तर बलिउड फिल्म ‘वार’ भने बुधवार नै रिलिज गरिएको छ ।

About the author

Artist Sansar