modeling workshop in nepal

फिल्म ‘पोइ पर्‍यो काले’ को ट्रेलर सार्वजनिक

basic photography workshop

अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्लले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘पोइ पर्‍यो काले’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । फिल्म आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, शृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । फिल्मको यसअघि शिर्ष गीत सार्वजनिक भइसकेको छ ।

artistnepal-tv-ads