अरुणा लामाको ६५ औं जन्म जयन्ती

Written by Artist Sansar

-नब ढुंगेल
आर्टिस्टनेपाल,काठमाण्डौ,२०६७ भाद्र २५ ,शुक्रबार
भदौ महिनाको बिहीबार अर्थात स्वर सम्राज्ञी अरुणा लामाको ६५ औं जन्मजयन्ती। नेपाली संगीत जगतमा स्वर्णिम अभिलेख राख्न सफल अरुणा लामाको ठीक ६५ वर्षअघि यही दिन उनको दार्जिलिंग घुमपहाडमा २००२ साल भाद्र महिनाको २४ गते जन्म भएको थियो । २०१७ सालमा दार्जिलिंगको गभरमेन्ट कालेजबाट स्नातक गर्नु भएकी अरुणाले २०१६ सालमा पहिलो गीतको रुपमा ‘ हे कान्छा मलाई सुनको तारा खसाईदेऊ न………. ! रेकर्ड गराउनु भएको थियो । यो गीत उनले रेडियो नेपालमा २०१६ सालमै रेकर्ड गराएकी थिईन् ।
२०१५ सालमा अरुणाको भेट शरण प्रधानसंग अम्बर गुरुङ्गसंग संगीत सिक्न जाँदा भएको थियो । स्नातक पछि दबै दार्जलिंगको एक स्कुलमा शिक्षण पेशामा आबद्द भएका यिँ जोडिले २०२० सालमा बिबाह बन्धन् मा बाँधिएका थिए ।
पबित्र बन्धन पछि धेरै सदाबहार शब्द र संगीत सृजना गरेका शरणका तिँ गीतलाई अरुणाले जिबन्त बनाईदिईन् । २०३१ साल बैशाखमा शरणको अपल्कनीय देहाबसान भएपछि आफ्ना दुई सन्तानको पालन पोषणको लागि अरुणाले धेरै आर्थिक बोझ बेहर्नु परेको थियो । २९ बर्षको उमेरदेखि एक्लो जीबन बिताउँन बाध्य भएकी अरुणाले नारायण गोपाल, गोपाल योन्जन, कर्म योन्जन्, मणिकमल क्षेत्रीको सहयोगले उनि पुन: सांगीतक आकाशमा फैलेकी थिईन् ।
२०५० सालमा ‘अरुणा लामा: स्वार्णिम साँझमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी अरुणाले गायन छेत्रमा लामो सेवा र निपुणतापूर्ण काम गारे बाट उनलाई प्रबल गोरखा दक्षिण बाहु, छिन्नलता पुरस्कार, मित्रसेन पुरस्कार ,भानु अकादमी पुरस्कार लगायतका धेरै पुरस्कारहरु, सम्मान तथा अभिनन्दनहरु प्राप्त गरेकी थिईन् ।
नेपाली आकाशकि महान गाईका अरुणा लामाको २०५४ साल माघमा निधन भएको थियो ।
अरुणा लामा का केही चर्चित गीत हरु :

उँडी जाऊँ भने म पन्छी होइन
बस्नु ए लै मन छैन
खसमको मोहनी लगेर होकि
होस मेरो ए लै यहाँ छैन…………………………….

हेरन हेरन कान्छा डाँडालाई फूलले ढाक्यो….,
एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ…,
फूललाई सोधें कहाँ गयो,.. कता गयो भमरा.., पोहर साल त खुसी फाट्यो……,
‘नेपाली गौरव गर्छौं हामी…,

About the author

Artist Sansar