उज्जु डार्लिङ,अनेक रूप

Written by Artist Sansar

उज्जु डार्लिङ अर्थात उज्ज्वल भण्डारीले कलायात्रा सुरु गरेको ३० बर्ष पुगिसक्यो । २०३७ साल देखि रङ्गमञ्चबाट कलायात्राको सुरुवात गर्नु भएका उज्ज्वलले नेपाल वन टेलिभिजनबाट हरेक सोमबार प्रसारण भइरहेको ‘उज्जु डार्लिङ’ टक शो बाट झनै चर्चित भएका छन् ।

धेरैले थाहा पाएका कुरा उनि हास्यकलाकार हुन। प्राय: कमैले थाहापाएका कुरा- उनि एक सफल ब्याबसायी र अन्तरास्त्रिय पत्रिकाको संवाददाता पनि हुन ।

आर्टिस्टनेपाल डट कमले उज्जु अर्थात् उज्ज्वल भण्डारीको ३० बर्षे कला यात्रा र उनको सफल जिबनको अनुभव र धारणा राख्नुभएको थियो ।

‘राष्ट्रिय नाच घर’ सँगै उज्ज्वलको घर थियो। उनि कट्टुपनि नलगाई साँध जोडिएको नाचघरमा आउंथे। गुच्चा खेल्थे र नाच भैरहेको बेलामा गएर हेर्थे पनि, साथी-भाइ संगको खेल पनि नाटक नै हुन्थ्यो । उनको बाल मस्तिस्कमा रङ्गमञ्चको छाप बसिसकेको थियो। नजिकै रहेको दरबार हाइस्कूलबाट एस.एल.सी सिध्याए। त्यसैले उनले आफ्नो पढाई संगसँगै सर्वोदय नाट्य समुहको स्थापना गरे। सडक नाटकको पनि सुरुवात गरे । र जोडीको रुपमा सैलेश भण्डारीसँग रहेर दर्जनौं सडक नाटकमन्चन पनि गरे। र त्यस पछि सर्वनाम नाटक समूहमा आबद्द भए र कमर्समा उनले डिग्रीसम्मको अध्ययन पनि पूरा गरे ।

रङ्गमन्चका रमाइला क्षण

सर्वनामको प्रसङ्ग निस्कने बित्तिकै उनका मस्तिस्कमा धेरै घटनाहरु ताजै भएर आउँदछन। भन्छन्- सडक नाटक देखाउनेक्रममा झापाको चन्द्रगडीमा ‘तुवाँलोले ढाकेको बस्ती’ नाटक मन्चन भैं रहेको थियो । अशेष मल्ल, किशोर पहाडी, रमण घिमिरे ,गोभिन्द शिंह राउत लगायतका कलाकर्मीले प्रस्तुति दिरहेको बेला उज्वल एक रोलमा भुइँमा लडिरहेका थिए। स्थानिय एक दर्शकले उज्ज्वलको खुट्टाको रौँ तानी रहेका थिए। जतिपटक उसको हात हटाउँदा पनि पटक पटक तानीनै रहे। अशेष मल्ललाई सुनाउँदा उनीपनि हास्न थाले……। कार्यक्रम पछि तिँ दर्शकलाई सोध्दा उनले जबाफ दिएका थिए—दाई, तपाइँ हरुलाई पनि दुक्छ र ? कलाकार लाई पनि दुक्छ र ……………..??

“इटमबहालमा एउटा नाटक देखाइरहेका थियौँ । मान्छेहरु हुल भएर नाटक हेर्न जम्मा भएका थिए । केही छिन पछि मात्र मेरो रोलको पालो थियो। नाटक सुरु हुनु अघि स्थानीय क्लबका आयोजकसंग परिचय गर्दै संगै चिया खाएका थियौं। एकछिनपछि म बौलाहाको भेषमा हल्ला गर्दै आएँ। आयोजकले मलाई भिडबाट निमोथ्न थाले । मेरो संवाद, भेष र रोदनले दर्शकहरु मतिर हेरिरहेका थिए। त्यसपछि त नाटक भाँडियो भनेर उनीहरूले मलाई खेद्न लागेका थिए। तर पछि मैले उनिहरुको कानमा विस्तारै भने – ‘यो त नाटककै अंश हो । म कलाकार हुँ । अगि सँगै चिया खाएको, चिन्नु भएन ?’ त्यसपछि ती आयोजक छक्क पर्दै मलाई छाडेका थिए ।”

गाईजात्रे हास्यब्यङ्यमा पनि सेन्सर गर्नु पर्थ्यो। एक कथामा कालो छाताको प्रयोग गरिएको बेलामा अर्कै छाता प्रयोग गर्न आदेश आएको थियो, त्यस्तै अर्को ‘लामखुट्टे इज द ग्रेट’ प्रहसनमा ५ करोड लामखुट्टे नेपालमा भित्राउनु पर्यो भन्ने सम्बादमा आदेश आयो – पाँच शब्द राख्दै नराख, बरु सात करोड राख ……….. ।

उज्ज्वलले हाल सम्म सबै भन्दा धेरै जोड़ी फेरिसकेका छन । सुरुवातका दिनमा उनका जोड़ी शैलेश भण्डारी थिए। शैलेशसंग धेरै बर्ष सर्बोदय र सर्बनाम मार्फ़त कार्यक्रम गरेका थिए। उनि अमेरिका लागे पछि उनलाई साथ दिन शान्दे शेर्पा उनको जोडिमा देखा परे। उज्जवल-शान्देको जोडिलेपनि धेरै बर्षसम्म रङ्गमन्चमा तहल्का मच्चाउन सफल् भएको थियो। तर………………. शान्दे शेर्पाको आमेरिकामा कार्यक्रम पश्चात फर्कने बेलामा इन्डियामा उनको मृत्यु भएपछि उनको जोडिको रुपमा शैलेन्द्र सिंखडा देखा परे। उज्ज्वल र शैलेन्द्रले लामो समयसम्म गाइजात्रे हास्यव्यङ्ग्य कार्यक्रममा निकै कार्यक्रम गरिसकेका छन्। तर अहिले यो जोडी गाइजात्रे कार्यक्रममा नदेखिनुको कारण जोडी टुक्रिएको नभई आ-आफ्नो कार्य ब्यस्तताको कारणले काम सँगै गर्न नसकिएको बताए।

ब्याबशायी उज्जवल

उज्ज्वलको आफ्नै एउटा ट्राभल एजेन्सी छ। काठमान्डुको गैरीधारा स्थित उनको ट्राभल एजेन्सीमार्फत् उनले देश र देशको प्रकृति तथा कला संस्कृतिको प्रचारप्रसार गरिरहेका छन्। कहिले आगन्तुक लिएर आफैं देशका मनोरम दृश्य देखाउन हिडछन् पनि।

सिनेमा बितृष्णा

उज्जु डार्लिङ सिनेमाप्रति त्यति आकर्षित भएनन्। सिनेमा राजनैतिकको एउटा घटना सम्झँदै भने – नरेश पौडेल कुनै समय ट्रेकिंग गाइड गर्नुहुन्थ्यो। उहाँ संग धेरै पुरानो चिनजान छ मेरो। नरेश पौडेलजीको एक फिल्ममा मैले काम गर्ने एक दिनअघिसम्म पक्का थियो। त्यो बेला मेरी श्रीमती प्रेगमेन्ट थिइन्। त्यहिँ बेला सुटिङ युनिटमा ब्यापक हल्ला गरिएछ – उज्ज्वलकि श्रीमती खसिन् रे, त्यही भएर ऊ फिल्ममा खेल्न आउदैन रे ! मलाई थाहै नदिई पछि नयाँ हास्यकलाकार चयन भयो । पछि प्रज्ञा भबनमा गौरी मल्ल र लक्ष्मी श्रेष्ठले उज्ज्वल ! तिम्रो त यस्तो यस्तो भएछ….., बिचरा सारै मिलनसार हुनुहुन्थ्यो……यो कुरा मैले ……..उहा बाट थाहा पाएँ जस्ता कुरा गर्नु भयो। हुँदाछँदाकी मेरी श्रीमतीलाई कसैले मेरो रोल उछिट्याउन मरेको खबर फिज्यायो ! यस्तो घटिया शैली देखेपछि म वाक्क भएर सिनेमातिर हेर्दा पनि नहेरी टीभी, नाटक र आफ्नो गाइड पेशामा संलग्न रहिरहेको छु ।” जीबनको उत्कृष्ट क्षण

उज्ज्वलले सन् २००२ मा बेल्जियमको राष्ट्रिय टेलिभिजनले उनको अन्तरवार्ता लिनुलाई उनी जीवनको सबैभन्दा उत्कृष्ट क्षण मान्छन् । हुन पनि नेपालका तर्फाट दिग्गज कलाकारहरु हुँदाहुँदै पनि उनलाई मार्क विन्टर्रवर्मले ठाउँ दिए । त्यसो त यो आकस्मिक क्षण थियो । उनले मार्कलाई एक पटक बौद्ध र स्वयम्भू घुमाउने मोका पाएका थिए, एउटा गाइडका रुपमा । देशको चर्चित कलाकार, उब्रेको समय गाइड गर्छ भन्ने थाहा पाउँदा मार्कलाई अवश्य पनि अचम्म लागेको हुनुपर्छ ।

भेराइटी फिल्म म्यागेजिनका संवाददाता

उज्जवल बेलायतबाट निस्कने भेराइटी फिल्म म्यागेजिनको नेपालस्थित संवाददाता पनि भएर चार बर्ष सम्म नेपालका सिनेमा र कलाकर्मीबारे नियमित लेखहरु लेखे।अन्तरास्ट्रिय जगतमा नेपाली सिनेमा र कलाकारिताको बारेमा भरपूर जानकारी दिने प्रयाश गरे।

उज्जु डार्लिङको प्रसंग

ujju darling

उज्जवल फरक कार्यक्रमको सोचमा थिए। उनि टेलिभिजन इतिहासमै फरक कार्यक्रमको ध्याउन्नमा थिए। उनले कार्यक्रमको नामनै आफ्नै नाम बाट राखे- उज्जु डार्लिङ ! यो कार्यक्रमको कन्सेप्ट बोकेर राजेन्द्र शलभजी कहाँ गएका थिएँ। निकै लामो समयसम्म यसको कुनै चर्चै भएन। मैले सोचेको थिएँ, कार्यक्रम नबन्ने भयो”,……. “तर पछि एक्कासि उहाँले फोन गर्नुभयो र भन्नुभयो ‘ उज्जवल त्यों कार्यक्रमलाई हामी चाडै सञ्चालन गरौँ !”

उज्जु डार्लिङ को सफलता संगै उनलाई ईमेल र फोनबाट प्रपोज गर्नेको ताँतीपनि कम छैन। आर्टिस्टनेपाल डट कमको एक जिज्ञासामा उज्ज्वल बताउँछन्- ” उज्जु डार्लिङलाई मन पराउने सुभचिन्तकहरुमा ६०% केटा, र ४०% जति केटी होलान, कुनैकुनै केटाहरू फोनबाट तिमीबिना बाँच्न नसक्ने पनि भन्ने थिए। ख़ास उज्जु हिजडा हुन् त ? आर्टिस्ट नेपालको जिज्ञासामा बताउँछन्- “यो एउटा त्यस्तो पात्र हो, जो केटा हो तर केटीको भाषा र भेष गर्न मन पराउँछ । केटाहरुलाई देख्दा केटी बनेर फकाउँ भन्छ र केटीसँग चाहिँ साथीजस्तो व्यवहार गर्छ । एक किसिमले भन्दा यो मेटी हो ।”

About the author

Artist Sansar