छमछम लिएर अाईन कलाकार कुमारी लामा

४ बर्ष अघी सार्वजनिक गरेको ” मिठो मुस्कान” एल्बमको सफलता पक्षात दोश्रो एल्बम सार्वजनिक गरेकी हुन ….[+]

https://artistnepal.com/

https://artistnepal.com/

"

१४ बर्ष अघि नै नेपाली संगीतमा प्रबेश गरेकी कुमारी लामा बहुप्रतिभाशाली कलाकार हुन् । ठुल्दाई , दुलहाराजा दुलहीरानी, कस्तो सम्झौता, देश परदेश लगायत चलचित्र र त्यतीनै सँख्यामा टेलिचलचित्रमा अभिनय गरेकी कुमारीले ४ बर्षको अन्तरालमा दोश्रो एल्बम “छमछम” सार्वजनिक गरेकी छिन् । ४ बर्ष अघी सार्वजनिक गरेको ” मिठो मुस्कान” एल्बमको सफलता पक्षात दोश्रो एल्बम सार्वजनिक गरेकी हुन ।

पुराना श्रस्टा लाक्पा शेर्पाको हातबाट बिमोचन गरिएको यस् एल्बममा खुट्टा छम छम , आँखा बाट, मिठो मुस्कान, पर्खि बस्या छु , जवानीले र माथि माथि लेखको गरी ६ वटा गितहरु सङ्रहित छन् । जसमा आनन्द अधिकारी, अरुण तिवारी तथा गायिका कुमारी लामाको शब्दमा शिखर सन्तोष , बिक्रम जि लामा र अनिल शाहीले संगीत भरेका छन् । सिल्फ ईन्टर्टेन्मेन्टले बजार ब्यबस्थापन गरेको यस् एल्बमका सम्पूर्ण गीतहरुको भिडियो पनि सार्वजनिक गरिएको थियो । एल्बममा सङ्रहित सबै गीतका भिडियोलाई प्रसन्न पौडेलले निर्देशन् गरेका हुन् ।