प्रतिभाशाली गायक मनोज महतोको मिश्रण

प्रतिभाशाली गायक मनोज महतोको पहिलो एकल गिती एल्बम मिश्रण लोकार्मण गरिएको छ …[+]

आर्टिस्टनेपाल डटकम

प्रतिभाशाली गायक मनोज महतोको पहिलो एकल गिती एल्बम मिश्रण लोकार्मण गरिएको छ । गायक महतोको एल्बमलाई राजेशपायल राई, संगीतकारहरु लक्ष्मण शेष, महेश खड्का, बसन्त सापकोटा र स्वयम गायक मनोजले एल्बमको संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा मनोजले ब्रेन ट्युमरको उपचार गरेर घरैमा आराम गरिरहेका पत्रकार तथा गीतकार सूर्यचन्द्र क्षेत्रीलाई दश हजार रुपैंया आथिर्क सहयोग गरेका थिए । उनले उक्त रकम बराबरको चेक आफ्ना आदर्श मानेका गायक राजेश पायल राईको हातबाट संगीतकार लक्ष्मण शेषलाई हस्तान्तरण गराएका थिए ।

२०५९ सालमा मैथिली गीत गाएर सांगीतिक करियर शुरु गरेका महतोले ‘जंगल लभ’, ‘मेरो मान्छे’ र ‘थुक्क साला जिन्दगी’लगायतका चलचित्रमा पनि पाश्र्व गायन गरेका छन् । ७ गीत सङ्रहित उनको यस् एल्बममा ‘चोली ल्याउछु’, ‘नक्कली रैछौ’, ‘के सोचेको’, ‘तिमी मेरो’, ‘अप्ठ्यारो बाटो’, ‘तिम्रो जवानीको’ र ‘स्वर्ग भन्दा सुन्दर’ बोलका गीत छन् । गीतमा साजन शाह, लेखु सहयात्री, कुमार विवाहित, शितल कादिम्बीनी, अर्जुन अन्यौल र बजरंग तिवारीको शब्द छ भने साजन शाह, बसन्त सापकोटा, राज सागर र मनोजकै संगीत रहेको छ । कार्यक्रममा एल्बम विमोचन संगै ४ वटा म्युजिक भिडियोपनि सार्वजनिक गरिएको छ ।

About the author

Artist Sansar