गायक सुजन ‘माईकल’ले कारण लिएर आए

गायक सुजन ‘माईकल’ले आफ्नो चाडैनै सार्वजनिक गर्न लागिएको एल्बमको “कारण” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्…[+]

आर्टिस्टनेपाल डट कम

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका नब प्रतिभाशाली गायक सुजन ‘माईकल’ले आफ्नो चाडैनै सार्वजनिक गर्न लागिएको एल्बमको “कारण” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको यस् भिडियोमा नायिका हर्सिका श्रेष्ठले अभिनय गरेकी छिन् ।

कल्याण सिंहको शब्द तथा संगीत रहेको उनको यस् गीतको भिडियोलाई शैलेन्द्र खोखाली र गायक निर्णय दा एन एस् के ले निर्देशन गरेको छन् । भिडियोमा नायिका हर्सिका संगै गायक आँफैले पनि अभिनय गरेका छन् ।