पापिनी पछी मायालुको देश

गायक सरोज साजन श्रेष्ठ आफ्नो पहिलो भिडियो पापिनीले छाडेपछी…..

गायक सरोज साजन श्रेष्ठ आफ्नो पहिलो भिडियो पापिनीले छाडेपछी……को चर्चा पछी दोश्रो म्युजिक भिडियोको रुपमा मायालुको देश लिएर आउने भएका छन् । पहिलो गीतबाटै चर्चित बनेका उनी दोश्रो गीत तथा भिडियोमा पनि पुरानै टिमलाई कन्टिन्यु गरेका छन् । प्रकाश क्षणिकको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतलाई संचारकर्मी मोहनराज अधिकारीले निर्देशन् गरेका छन । फर्पिङको बिभिन्न स्थानमा छायांकन गरिएको गीतलाई अमृत सुनुवारले खिचेका हुन । गायक सरोजको साथ आरजु खरेलको अभिनय रहेको भिडियो भिडियो दर्शकले मन पराउनेमा निर्देशक अधिकारी बिस्वस्त छन् । ‘आर्टिस्ट नेपाल प्रोडक्सन’मा पोस्ट कार्य भै रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गर्दैछन । भिडियोलाई चैत्रको पहिलो साता बिभिन्न टेलिभिजन बाट रिलिज गरिने निर्देशक मोहनले बताए ।