संगीतमा स्थापित हुने क्रममा सुजन माईकल

Written by Artist Sansar

सुजनले आफ्नो जीवनको पहिलो गीतको रुपमा कल्याणको शब्द तथा संगीत रहेको गीत ‘कारण’ मार्फत संगीतमा पाईला टेकेका छन..[+]

सुजन माईकल श्रेष्ठ संगीतमा स्थापित हुने क्रममा छन । स्कुल पढ्दा देखीनै संगीत प्रतीको सपना पुरा गर्ने सपना देखेका सुजनले संगीत कर्ममा लागिसकेका सरोज साजन श्रेष्ठको सहयोगले संगीतकार कल्याण सिंहको संगतमा पुगे । तिनै कल्याणले उनको संगीत प्रतीको सपना पुरा गरिदिए । सुजनले आफ्नो जीवनको पहिलो गीतको रुपमा कल्याणको शब्द तथा संगीत रहेको गीत ‘कारण’ मार्फत संगीतमा पाईला टेकेका छन । उनको पहिलो यात्रामा निर्णय दा एन एस के तथा शैलेन्द्र खोकालीले पनि साथ् दिएका छन् ।

संगीत बजार संगीतकै खेतिपाति गर्ने भनिएका ‘म्युजिक कम्पनि’ ले धरासायी बनाएका छन् । सायद यहि भएर हुनसक्छ, सुजन आफ्नो संगीतको सुरुवात दमदार भएपनि ढुक्क भने छैनन् । नया गितको रेकर्डिङ्गको तयारिमा रहेका सुजनले भने ” राम्रा राम्रा गित दिए पनि संगीत सम्बन्धि काम गर्ने मिडिया, कम्पनिहरुको असहयोगले डर लाग्छ, संगीतको लगानी खेर जान्छ कि भनेर , तर एउटा कुरामा भने उनि ढुक्क छन्, राम्रो गितलाई दर्शक श्रोताले जहिले नि माया गर्ने हुनाले आफ्नो गितलाई पनि दर्शक श्रोताको माया पाउनेमा । हेरौ उनको संगीत मोहलाई श्रोताले कत्तिको साथ् दिनेछन ।

About the author

Artist Sansar