भिडियोमा छाउदै अभिमन्यु  (फोटो फिचर)

Written by Artist Sansar

चितवन स्थाई बासी अभुमन्य श्रेष्ठ पछिल्लो समय काँचका पर्दामा देखिने सपना पूर्ण गर्न काठमाडौंमा आएका छन् । उनले केही गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा पनि उतारिसकेका छन् ।

पछिल्लो १ वर्षदेखि सक्रिय अभिमन्युले बिद्यालय तथा कलेजमा आयोजना हुने सास्कृतिक कार्यक्रममा नछुटाई प्रस्तुती दिनेगरेको बताए ।

५ फिट ९ इन्च अग्ला अभिमन्यु ब्याच्लरमा अध्ययन गर्दैछन । काठमाडौं को एक मोडलिङ एजेन्सी मार्फत मोडलिङ ट्रेनिङ पनि लिएरा उनले म्युजिक भिडियो हुँदै चलचित्रसम्मको यात्रा गर्न चाहेको बताए । उनी केही फेशन शोमा पनि र्याम्प नापिसकेका छन ।  नृत्यमा पनि अब्बल अभिमन्यु भन्छन -‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै किसिमका अभिनय निर्वाह गर्न आतुर छु ।’

मोडेल – अभुमन्य श्रेष्ठ

स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन

फोटोग्राफर – कुबेर तामाङ्ग

About the author

Artist Sansar