फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक, साम्राज्ञी पहिलो पटक गाउले भूमिकामा

Written by Artist Sansar

असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको फिल्म ‘रातो टीका निधारमा’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेत्री साम्राज्ञी फिल्ममा पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छिन् । उनले पहिलो पटक यस प्रकारको भूमिका निभाएकी हुन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ ।

साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् ।

About the author

Artist Sansar