ममता गुरुङ्गको ‘दुनीयाँको आँखा’मा नारीको कथा (लिरिकल भिडियो सहित)

Written by Artist Sansar

नेपाल आईडलबाट बाहिरिएपछि ममताले सांगीतिक जीवनमा पहिलो पटक औपचारिक रेकर्ड गराइएको गीत हो ‘दुनियाँको आँखा’।

गायिका ममता गुरुङको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। डिपी खनालको शब्द तथा शंकर थापा स्माइलीको संगीतमा रहेको गीत ‘दुनीयाँको आँखा’ बोलको गीत सार्वजनिक भएको हो। महिला माथि कुदृष्टि राख्ने प्रति इंगित गर्दै महिलाको भावनालाई उजागर गर्न गीत सफल भएको छ। रचनाकार खनालको भावलाई शंकर थापाले एक उत्कृस्ट संगीत सृजना गरेका थिए, जसलाई ममताले भरपुर न्याय गरेकी छन्।

नेपाल आईडलबाट बाहिरिएपछि ममताले सांगीतिक जीवनमा पहिलो पटक औपचारिक रेकर्ड गराइएको गीत हो ‘दुनियाँको आँखा’। कोरोनाको प्रभाव र विविध कारणले सार्वजनिक भनेढिला भएको गायिका ममता गुरुङले जानकारी दिएकी छन्।
– लिरिकल भिडियो-

About the author

Artist Sansar