उडी जाने जेटमा सुदन गैरे र मेलिना राइ (भिडियो सहित)

Written by Artist Sansar

गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत गायक ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ बिट यस गीतमा एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ। प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको यसअघि “सानी” हिट गीत मानिन्छ । कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।
-भिडियो-

आर्टिस्टनेपाल अन्तर्गत ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’बाट प्रकाशित।
(artistnepal.com मा कलाकारहरु आफैले आफ्नो  Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )

About the author

Artist Sansar