फूल जस्तो जोवन’ गीत सार्वजनिक (भिडियो सहित)

Written by Artist Sansar

म्युजिक भिडियो सम्पादन हुँदै निर्देशनमा हात हालेका पछिल्लो समयका चर्चित र ब्यस्त भिडियो एडिटर टेकेन्द्र शाह गायकको रुपमा पनि अब्बल छन् । उनको पछिल्लो‘फूल जस्तो जोवन’ गीत तथा भिडियो सार्वजनिक भएको छ । पद्म-लक्ष्मी शाहको शब्द तथा ओम सुनारको लय संकलनमा रहेको यो गीत टेकेन्द्र शाह, रचना रिमाल, ओम सुनार र रेखा जोशीको आवाजमा अनप्लग भिडियो सहित सार्वजनिक भएको हो ।

गायक तथा संगीतकार ओम सुनार स्वयंको संगीत संयोजन रहेको यस गीतको भिडियोमा गायक गायिकालाई प्रस्तुत गरिएको छ ।

राम कुमार केसीको निर्देशन तथा छायांकन रहेको यस गीतको भिडियोलाई यस गीतका गायक टेकेन्द्र शाह स्वयंले सम्पादन गरेका हुन् ।लोक फ्लेवरमा तयार भएको यस गीतमा सालिन मायाप्रेमलाई अभिब्यक्त गरिएको छ । मौलिक शब्दहरुको प्रयोग गरि मिठासपूर्ण लय तयार गरिएको यस गीतलाई दर्शक श्रोताबाट राम्रो प्रतिकृया आउनेमा आशाबादी रहेको गायक साह भन्छन् ।
-भिडियो-

About the author

Artist Sansar