दाइजो हटाऊ छोरी बचाऊ नाराका साथ नायक डा.सि.के सिंह र नायिका गरिमा पन्त रोडमा

Written by Artist Sansar

बाल विवाह एवम दाइजो प्रथा उन्मूलनमा योगदान गर्न उत्पादित सामाजिक मान्यता परिवर्तन सामाग्रीहरु…[+]

आर्टिट नेपाल

बाल विवाह एवम दाइजो प्रथा उन्मूलनमा योगदान गर्न उत्पादित सामाजिक मान्यता परिवर्तन सामाग्रीहरु मध्ये विभिन्न आकारका स्टीकरहरु काठमाडौ उपत्यकाका सार्वजनीक बस, माइक्रो, ट्याक्सी, टेम्पो गरी ५०० भन्दा बढी यातायातका साधनहरुमा टांस गर्ने कार्य सम्पन्न भएको छ । गौशाला ट्रैफिक तथा प्रहरी प्रभागको सहयोगमा र १०० युवाहरुको सहभागीतामा गौशला बस स्टप, प्रहरी कार्यालायको अगाडी काठमाडौ उपत्यकामा संचालीत सार्वजनीक यातायातका साधनहरुमा उक्त स्टिकरहरु टांस गर्दा सयौ व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा यस बाल विवाह एवम दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालका सद्भावना दुतहरु नायक डा. सिके सिहं र नायिका गरिमा पन्तको पनि सक्रिय सहभागिता रहेको थियो ।

उक्त अवसरमा सद्भावना दुतहरुले सर्वसाधारण सित बाल विवाह एवम दाइजोका वर्तमान समस्या, यसका अनत्यका लागि सम्भावित उपयाहरु र त्यसमा युवाहरु, र सर्वसाधारण जनताहरुको भुमिका बारे अन्तक्रिया समेत गरेका थिए । यसै अवसरमा यस राष्ट्रिय अभियानका सद्भावना दुत डा. सि के सिहंले आफ्नो मन्तब्य ब्यक्त गर्दै दाइजो लिनू अभिशाप हो, दाइजो प्रथाको उन्मुलन आफूबाट गर्ने बताउँदै भने ‘म अविवाहित छु, विवाह दाइजो बिना गर्नेछु भन्ने खुल्ला प्रतिबध्ता जाहेर गर्नु भयो र यो अभियानमा नेपालका समस्त युवा हरुलाई लाग्न आग्रह गर्नु भयोे । त्यस्तै, गौशला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक सुर्य प्रकाश सुवेदी, ब्रजेश कुमार झा, ट्राफिक प्रहरी हवलदार, गोविन्द बस्नेत, प्रहरी सहायक निरिक्षक, शिव हरि सुवेदी, सुमन थापा लगायतका प्रहरी जवानहरुले सक्रिय रुपमा यातायातका साधनहरुमा आफै अगाडी बढी सामाजीक मुदाका स्टीकर टांसमा मदत मात्र गरेन, यातायातकर्मी र सर्वसाधारणलाई सचेत समेत गराए । त्यस्तै, प्रहरीहरु र अभियानका सद्भावना दुतहरु ले बाल विवाह तथा दाइजो जस्ता कुप्रथालाई संगै मिलेर अन्तय गर्ने प्रतिबधता सहित महत्वपूर्ण अन्तरक्रिया समेत गरे ।

यस बाल विवाह एवम दाइजो प्रथा उन्मूलन राष्ट्रिय अभियान, नेपालले नेपालमा बाल विवाह एवम दाइजो अन्त्यकोलागि सामाजिक मान्यता परिवर्तन सामाग्रीहरुको विमोचन २४ असोज २०७१ काठमाडौंमा नेपाल सरकारका सम्मानीय मूख्य सचिव श्री लीलामणि पौड्याल ज्यूको अध्यक्षतामा र राष्ट्रिय योजना आयोगका सम्मानीय सदस्य डा. विमला राई पौड्याल ज्यूको प्रमुख आतिथ्यमा सम्मपन्न भयो । देश भरिनै कुप्रथाको रुपमा रहेका बाल विवाह एवम दाइजो जस्ता सामाजीक कोढलाई निर्मुल पार्न सन २००५ अक्टोबर ११ को दिन देखि जनकपुर क्षेत्रबाट शूरु भएको यो अभियान राष्ट्रिय रुपमा बिस्तार भएकोले यी कुसंस्कारहरुलाई अन्त्य गर्न समाजमा व्याप्त सामाजिक मान्यताहरुलाई परिवर्तन गर्न अपरिहार्य रहेको यर्थाथलाई मनन गर्दै यी सामाग्रीहरुको विकास, उत्पादन, विमोचन, देश भरि नै प्रयोग गरी बाल विवाह एवम दाइजो लाई एउट महत्वपूण सामाजिक आर्थिक र सांस्कृतिक मुदाको रुपमा बहस चलाई यसलाई निर्मूल पार्ने रणनिती रहेको छ ।

आज यातायातको साधनहरुमा टांस सामाग्रीहरु नेपाली, मैथिलि, भोजपुरी, अवधी, थारु र अग्रेजी गरी कुल ६ भाषामा उत्पादन गरिएको छ । यी सामाग्रीहरु मार्फत यस राष्ट्रिय अभियानका सद्भावना दुत नायक डा. सि के सिहं र नायिका गरिमा पन्तले आम जान समुदायको मन छुने गरी बाल विवाह तथा दाइजो विरुद्धको सन्देशहरु प्रवाह गर्दछन् ।

About the author

Artist Sansar