‘तेश्रो मिस एसईई स्टार’को उपाधि ओजस्वी काफ्लेले जितेकी छिन

Written by Artist Sansar

२९ जेठ, काठमाडौँ ।

जेठ २८ गते मंगलबार राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीबाट काफ्लले उपाधि पाएकी हुन् । भवानी इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजना भएको उक्त मिस एसईई स्टारको फस्ट्र रनरअप सम्पदा ढुंगाना, सेकेण्ड रनरअप मुस्कार श्रेष्ठ र थर्ड रनरअप इशा भण्डारी भएकी छिन् ।

उपाधि पाएसंगै विजयीहरुलाई मंगलबार नै क्राउन, ट्रफी, बुकी, स्यास प्रदान गरिएको थियो । यस्तै विजेताहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि पुर्ण छात्रबृद्धि, सिक्किम, दार्जेलिङ भ्रमण, र्याफ्टिङ्गमा सहभागि गराईने आयोजकले बताएको छ । उपाधि विजेता, फस्ट्र रनरअप, सेकेण्ड रनरअप, थर्ड रनरअपलाई क्रमस गतवर्षकी विजेता सन्ध्या कोइराला, सुस्मिता श्रेष्ठ, याना सिटौला र चादनी थापाले क्राउन हस्तान्तरण गरेका थिए ।

यस्तै विभिन्न १५ विधामा प्रतिस्पर्धिहरुलाई सबटाईटल प्रदान गरिएको थियो । जसमा मुस्कान श्रेष्ठले मिस पपुलर एण्ड बेष्ट स्माईल, सम्पदा ढुंगानाले मिस फोटोजेनिक एण्ड मिस पंच्युअल, आकृती श्रेष्ठले मिस ट्यालेण्ट, सिम्रन अर्यालले मिस डिसिप्लिन, इशा भण्डारीले मिस कन्फिडेण्ट, स्वइच्छा महर्जनले मिस मल्टिमिडिया एण्ड व्युटी विथ ब्रेन, परिना प्रधानले मिस स्टाइलिस एण्ड मिस क्याट वाक, नन्दनी शाहले मिस इन्टेलिजेन्ट, ओजस्वी काफ्लेले मिस फ्रेण्डली, लिजा राईले मिस पर्सानिटी र सुम्निमा श्रेष्ठले मिस क्रियटिभको सबटाईटल उपाधि पाएकी छिन् ।


उक्त मिस एसईई स्टारको फाइनललाई दिनेश डिसिले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए भने निर्णायकमा सर्जन विसी, रितिका खरेल, कृती भट्टराई, अमिश ढकाल, बाबुराम अर्याल र कोसिस क्षेत्री रहेका थिए ।


एसईई दिएका छात्राहरुको सुन्दरता र बोद्धिक क्षमताको उजागर गर्न मिस एसईई स्टारको आयोजना गरिएको भवानी इन्टरटेन्मेन्टका अध्यक्ष सोनितराज ढुंगेलले बताए । कोरियोग्राफर सगुन पाण्डेको मुख्य कोरियोग्राफीमा १ महिनासम्म प्रतिस्पर्धिहरुलाई वर्कसपमा सहभागि गराईएको थियो । सो पश्चात मंगलबार ग्राण्ड फिनाली गरिएको अध्यक्ष ढुंगेल भन्छन् । असारको अन्तिम साताबाट भवानी इन्टरटेन्मेन्टकै आयोजनामा मिस एभरेष्ट नेपाल सिजन ३ को अडिसन सुरु गरिने अध्यक्ष ढुंगेलले बताएका छन् ।

About the author

Artist Sansar