‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेलाई

Written by Artist Sansar

काठमाडौँ ।
‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेले जितेकी छिन् ।जेठ २८ गते मंगलबार राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीमा दाहालले छैठौं मिस्टर एसईई आइडल र घिमिरेले मिस एसईई आइडलको उपाधि पाएकी हुन् ।

ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा गरिएको ‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’ को मिस्टरतर्फ फस्ट र सकेण्ड रनरअप क्रमस किरण खत्री र प्रशान्त केसी भएका छन् ।मिसतर्फ फस्ट, सकेण्ड र थर्ड रनरअप क्रमस सजिना ढुंगेल, प्रतिक्षा थापा र झरना भट्ट भएकी छिन् ।उपाधि पाएसंगै मिष्टर एण्ड मिस एसईई आइडलका विजयीहरुलाई मंगलबार नै क्राउन, ट्रफी, बुकी, स्यास प्रदान गरिएको थियो ।

यस्तै विजेताहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि पुर्ण छात्रबृद्धि प्रदान गरिने बताईएको छ ।‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’का उपाधि विजेताहरुलाई गत वर्षका विजेताहरुले क्राउन हस्तान्तरण गरेका थिए ।स्तै विभिन्न विधामा प्रतिस्पर्धिहरुलाई सबटाईटल प्रदान गरिएको थियो । जसलाई निम्न अनुसार उल्लेख गरिएको छः

TITLE

NAME (MISS)

MISS TALENT

SAJINA DHUNGEL

MISS PHOTOGENIC

PRATIKSHYA THAPA

MISS FRIENDLY

JHARANA BHATTA

MISS CATWALK

SONAM TAMANG

MISS DISCIPLINE

AAYUSHMA SHRESTHA

MISS STYLIST

JHARANA BHATTA

MISS POPULAR

SAJINA DHUNGEL

MISS MULTIMEDIA

SAJINA DHUNGEL

MISS CONFIDENT

PRATIKSHYA THAPA

BEST SMILE

SUSMITA PAHARI

BEST HAIR

RASILA GHIMIRE

BEST PERSONALITY

ANSHU GHIMIRE

TITLE

NAME (Mister)

BEST WALK

AMIR GURUNG

MR. CONFIDENT

PRASHANT K. C.

MR. DISCIPLINE

MANISH BHANDARY

MR. POPULAR

AMIR GURUNG

MR. PHOTOGENIC

KIRAN KHATRI

MR.  PUNCTUAL

BISHAL THAPA

BEST PERSONALITY

KIRAN KHATRI

MR. STYLIST

BISHAL THAPA

MOST FRIENDLY

KIRAN KHATRI

MR. MULTIMEDIA

AMIR GURUNG

BEST SMILE

PRASHANT K. C.

MR. TALENT

BIRAJ DAHAL

उक्त फाइनललाई दिनेश डिसिले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए भने निर्णायकमा सर्जन विसी, रितिका खरेल, कृती भट्टराई, अमिश ढकाल, बाबुराम अर्याल र कोसिस क्षेत्री रहेका थिए ।  एसईई दिएका छात्र तथा छात्राहरुको सुन्दरता एवं बोद्धिक क्षमताको उजागर गर्न मिस एसईई स्टारको आयोजना गरिएको आयोजक संस्था ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टकी सिईओ सावित्री ढुंगानाले बताईन् । काोरियोग्राफर सगुन पाण्डेको मुख्य कोरियोग्राफीमा १ महिनासम्म प्रतिस्पर्धिहरुलाई आयोजकको तर्फबाट वर्कसपमा सहभागि गराईएको थियो र सो पश्चात मंगलबार ग्राण्ड फिनाली गरिएको प्रवन्ध निर्देशक सुधन थापाले बताए ।

 

About the author

Artist Sansar